Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

अहिलेको प्रणाली फेर्न चुनावपछि सडकमा जाने प्रचण्डको घोषणा

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौं।सत्तारूढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनावपछि आफू अहिलेको प्रणाली फेर्न सडकमा जाने घोषणा गरेका छन् । हिजो(आइतबार) मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रचण्डले अहिलेका शासन प्रणाली र चुनाव प्रणालीमाथि प्रश्न उठाएका थिए । सम्बोधनका क्रममा भने,‘हेरिरहनु होला चुनावपछि म सडकमा जान्छु । समाजवादमा जाने जुन परिकल्पना मैले गरेको छु त्यसका लागि यो मेसिनरी बदल्न जरुरी छ । शासन प्रणाली र चुनाव प्रणाली बदल्न जनतामा जानुको विकल्प छैन र त्यो आन्दोलन हुनेछ । हेर्नुहोला त्यो कसरी हुन्छ । हामीबाहेक अरुले सक्दैनन्, अरुले गर्ने आन्दोलन त प्रतिगमन हो ।’ उनले समाजवादबारे विश्वमा कहीँपनि बनिबनाउन सूत्र नभएको टिप्पणी गरे ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link