Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

कमल थापाले गाई चुनाव चिन्ह नपाउने

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपालका अध्यक्ष कमल थापाले गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

चुनाव चिन्ह रोज्न पाउने दलको सार्वभौम र कानुनी अधिकार कुण्ठित भएको उनको भनाइ छ । गाई नपाएपछि उनले चलखेल, दबाब र सेटिङले कसरी संवैधानिक अंगलाई प्रभावित गर्छ भन्ने ज्वलन्त उदाहरण रहेको बताए ।

‘कुन कानुनमा टेकेर सर्वोच्च अदालतको आफ्नै दुई अन्तरिम आदेश उल्टाउने काम माननिय कुमार रेग्मी र माननिय तिलप्रसादको इजलासले गर्‍यो ? यसको जवाफ यहाँहरूले दिनु पर्छ, ओठें जवाफ दिन सकिएला, तर उहाँहरूको अन्तरआत्मा जीवनभर पोलिरहने छ,’ उनले भने ।

कुन कानुनले गाई चिन्ह नपाउने लेखेको छ ? भन्दै उनले प्रश्न गरेका छन् । यसका साथै उनले अदालतको फैसला भने मान्य बताएका छन् ।मेरोन्युजबाट

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link