Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

नेपाली सेनाका मन बहादुर राना गोरखाबाट बलात्कारको आरोपमा पक्राउ

loading views..
Nepal Telcome

गोरखा।नेपाली सेनाका मन बहादुर राना बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । बाग्लुङ गलकोट ११ घर भएका रानलाई गोरखाको चुमनुब्री गाउँपालिका ३ सिर्दिबासबाट प्रहरीले नियन्त्रणमा लिएको हो।उनी बेनिघाट आरुघाट लार्के सडक निर्माण कार्यादलमा काम गर्दै आएका थिए । रानालाई चुमनुब्री सिर्दिबासका १४ बर्षिय बालिका बलात्कार गरेको आरोप लगाउँदै स्थानियले नियन्त्रणमा लिई प्रहरी चौकीमा जिम्मा लगाएका थिए । रानालाई गत शनिबार साँढे ५ बजे तरकारी टिप्न गएको बेला बालिकालाई बलात्कार गरेको आरोप लागाएको हो।रानालाई गए राती जिल्ला प्रहरी कार्यालय गोरखामा ल्याएर अनुसन्धन थालिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link