Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

बाह्रकिलोमा जमिन भासियो वरिपरिको बस्ती जोखिममा

loading views..
Nepal Telcome

गोरखा । गोरखा नगरपालिका मेयर कृष्ण राना वडा न ११ स्थित १२ किलोमा जमिन भासिएको ठाउँमा प्राबिधिका टोली सहित अनुगमन गरेका छन् । त्यस ठाउँको अनुगमा गर्दै मेयर रानाले तत्कालै प्रबिधिक टोलीको स्टेमेट अनुसार समस्या समाधान गरिनेमा बिश्वास ब्यक्त गरेका छन् । गोरखा नगरपालिका वडा न ११ का स्थानियहरुको बाक्लो बसोबास रहेको स्थानमा गए राती परेको अबिरल बर्षाका कारण शिबालय मन्दिरमा गम्भीर क्षति र जमिनमा लगभग ३० फिट लम्वाई जति भ्वाड परेको स्थानिय युबा अमृत लामिछाने सुरेनले जानकारी दिए त्यस मन्दिर उदघाटन गर्दा पनि मन्दिर भित्र सर्प देखिएकोमा त्यहाँका समुदायले नाग देबताको रुपमा बिश्वास लिएका थिए ।

जमिन भासिएको ठाउँको माथिपटी मानबिय बस्ती भएकाले पहिरो नियन्त्रण गर्न स्थानियले सम्वन्धित निकायको ध्यानआकर्षण गरेका छन् । यसको दिर्घकालिन नियन्त्रणको लागि सडक डिभिजन कार्यालय गोरखा र गोरखा नगरपालिकालाई स्थानिय नागरिकहरुको माग गरेका छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link