Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा असोज ३ गते सर्वोच्च जाने

पोखरा।निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आगामी असोज ३ गते सर्वोच्च अदालत जाने भएका छन् । महाभियोग सिफारिश समितिले बयान लिने काम सकेको छ ।हिजो (शुक्रबार) जबरासँग समितिले पूरक प्रश्न सोधेको थियो । जबराले भने समितिमै आफूमाथिको महाभियोगको कुनै औचित्य नै नरहेको जवाफ दिएका थिए । प्रतिशोध साँध्ने हिसाबले आफूमाथि महाभियोग लगाइएको उनको दाबी थियो ।

आज मध्यरातिबाट संसद्को कार्यकाल समाप्त हुँदैछ । संसद्को कार्यकाल समाप्त भएसँगै जबरामाथिको महाभियोग स्वतः निश्क्रिय हुने चर्चा चलिरहेको बेला जबरा भने असोज ३ गते सर्वोच्च अदालत फर्किने तयारी गरेका छन् ।

उता, (एमाले) सांसद कृष्णभक्त पोखरेलले अहिलेको संसद्ले लगाएको महाभियोग प्रस्ताव अर्को संसद्मा नजाने स्पष्ट पारेका छन्।प्रधानन्याधिश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव संसदले नभइ केही सांसदले ल्याएकाले अर्को संसद्मा नसर्ने उनको तर्क छ।

उनले भनेका छन–‘‘आगामी संसदमा जाने एकदम कम सम्भावना देख्छु। त्यो हाम्रो अभ्यास पनि छैन, नियमावलीका प्रबन्धहरु पनि छैन। भोलि सर्वोच्चले व्याख्या गर्यो भने त्यो फरक कुरा होला, यो पार्लियामेन्टले लगाएको होइन, पार्लियामेन्टका केही सदस्यले लगाएको अभियोग हो। अर्को पार्लियामेन्टमा तिनै मान्छे आउँछन् भन्ने त छैन। उजुरकर्ताहरु नै नरहने अवस्थामा स्वतः सर्दैन।

arrow प्रतिक्रिया दिनुहोस्