Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

शान्तिको महत्व सबैभन्दा बढी युद्धमा सहभागीहरूले नै बुझेका हुन्छन्’

loading views..
Nepal Telcome

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युद्धमा सहभागीहरुले नै शान्तिको महत्व सबैभन्दा बढी बुझेको बताएका छन्।बिहीबार पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको आत्मकथा पुस्तक विमोचन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले विश्वमा भएका ठुला ठुला क्रान्ति, युद्ध र शान्तिका श्रीङ्खलालाई हेर्ने हो भने युद्ध गर्नेहरुलाई नै शान्तिको महत्व हुने गरेको तथ्य रहेको उल्लेख गर्दै नेपालमा शान्तिको सबैभन्दा ठुलो पक्षपाति माओवादी भएको बताए ।

अध्यक्ष प्रचण्डले आफूहरु शान्ति प्रक्रियामा आएको १५ वर्षभन्दा बढी भइसक्दा पनि हेर्ने दृष्टिकोण नफेरिएको र अहिले पनि माओवादी उस्तै छ भन्ने भ्रम रहेको टिप्पणी गरे । उनलेले मानवता, लोकतन्त्र र शान्तिप्रतिको लगाव र निष्ठा भएकै कारण माओवादीले शान्ति सम्झौता मार्फत देशमा शान्ति ,लोकतन्त्र र समृद्धिको निम्ति पहकदमी लिएको बताए। माओवादी शान्ति प्रिय भएकै कारण जनताको शान्तिको चाहानासँग एकाकार भएको उनको भनाइ थियो ।

युद्धले शान्ति ल्याएको, शान्तिले देशलाई गणतन्त्रमा पुर,गणतन्त्रले सबैलाई समानता र सामाजिक न्याय दिने तर्फ अघि बढाएको कुरा सबैले स्मरण गर्नुपर्नेमा अध्यक्ष प्रचण्डको जोड थियो । ‘अहिले पनि माओवादी उस्तै छ कि भन्ने भ्रम छ । अहिले हामी शान्ति प्रक्रियामा सहभागी छौं । हामी उस्तै छौ भन्ने विभ्रम त्यागौं । युद्धले शान्ति ल्याएको छ नेपालमा । युद्धले शान्ति संबिधान लोकतन्त्र ल्याएको हो । माओवादी तपाईँको भवना र शान्तिको चाहनासंग एकाकार छ भन्ने विश्वाश दिलाउन चाहन्छु’ अध्यक्षले भने ।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई सम्झिँदै अध्यक्ष प्रचण्डले थापाले पछिल्लो समय हरेक राजनीतिक विषयमा प्रचण्डसँग छलफल गर्नुपर्ने धारणा व्यक्त गर्ने गरेको बताए। ‘हरेक राजनीतिक संवाद र सहमति प्रचण्डसँग कुरा नगरी हुँदैन है भन्नुहुन्थ्यो । उहाँ अभिभावक जस्तो भूमिकामा हुनुहुन्थ्यो । पछिल्लो चरणमा उहाँ अभिभावक बनेर प्रस्तुत हुनुभयो,’ उहाँले भन्नुभयो। पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले सकारात्मक रुपमा होस् वा नकारात्मक रुपमा सरदर भन्दा माथि उठेर नेपाली राजनीतिका भुमिका निर्वाह गरेको समेत बताए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link