Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

गोरखामा लुकाई छिपाई राखेको अबैध हातहतितयार सहित ३ जना प्रक्राउ

loading views..
Nepal Telcome

गोरखा।गोरखाको बारपाकबाट अबैध हातहतियार सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ घर भएका ६० बर्षका माइला घले, ५३ बर्षका सिताबहादुर घले र वडा नम्बर २ का २६ बर्षका कृष्णप्रसाद घलेलाई अबैध हातहतियार सहित प्रहरीले पक्राउ हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी नायव उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेको अनुसार हातहतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरीको टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सिताबहादुरको घरबाट एकनाले सर्ट गन सहित त्यसमा प्रयोग हुने जंगी गोली २४ थान र ३४ थान गोलीको खोका समेत बरामद भएको डिएसपी लामिछानेको भनाई छ । पक्राउ परेका अन्य दुई जना माईला घलेको गोठबाट र कृष्णप्रसादको घरबाट भरुवा बन्दुक एकनाले भरुवा बन्दुक बरामत भएको उहाँले जानकारी दिए ।

पक्राउ परेको तिनै जना बिरुद्ध प्रहरीले विहिबार जिल्ला अदालत गोरखाबाट म्याद थप गरी हातहतियार तथा खरखजना कसुर शिर्षका मुद्धा दर्ता गरेर थप अनुसन्धान सुरु गरेको डिएसपी लामिछानेले जानकारी दिए उनीहरुले घरगोठमा लुकाई राखेको अबस्थामा फरक–फरक स्थानबाट हातहतियार बरामद भएको डिएसपी लामिछानेले जानकारी दिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link