Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

चाडपर्वको बेला कृत्रिम अभाब नहोस् भन्दै वाइसियल गोरखाले प्रशासनलाई ४ बुँदे ज्ञापन पत्र बुझायो

गोरखा नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालले बिभिन्न बुँदे माग राख्दैहिजो जिल्ला प्रसासन कार्यालय गोरखामा ज्ञापन पत्र बुझाएको चाडवाड नजिकिंदै गर्दा बजारमा कृतिम अभाव सिर्जना  मूल्यबृद्वि गर्नसक्ने भन्दै बजार अनुगमनलाई तिव्र पार्नुपर्ने लगायतका माग राख्दै साहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराललाईज्ञापन बुझाएको वाइसिएल गोरखा सचिव रिजन बिश्वकर्माले जानकारी दिए

संगठनका जिल्ला संयोजक सागर श्रेष्ठको नेतृत्वमा गएको टोलीले बुझाएको ज्ञापन पत्रमा काला बजारियाहरुले चाडवाडको मौकाछोपेर कालोबजारी गर्न सक्ने, कृतिम अभाव सिर्जना गर्नसक्ने भएकाले कडा बजार अनुगमन गर्न माग गरेको त्यस्तै गोरखासदरमुकामदेखि गोरखा जिल्ला भित्र चल्ने साविकका कच्ची सडकहरुमा ग्राभेल कतिपय सडक खण्डमा कालोपत्रे गरिसक्दा समेतयातायात व्यवासायीहरुले कच्चीकै भाडादर उठाउने गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्धारण गरे बमोजिमकोभाडादर लागू गर्न वाइसिएल गोरखाले माग गरेको

चाडपर्वमा यात्रुहरुलाई आउजाउका लागी आबश्यक पर्ने सहज सुलभ यातायात सेवाको व्यवस्था मिलाउन, दुर्घटना रोकथामन्युनीकरणका लागी सवारी साधानहरुमा क्षमता भन्दा बढी यात्रु बोक्ने नदिन पनि ज्ञापन पत्र मार्फत जिल्ला प्रसासन कार्यालयकोध्यानकर्षण गराईएको सचिव बिश्वकर्माले जानकारी दिए

संयोजक श्रेष्ठद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा डेंगी लगायतका किटजन्य रोगहरुको संक्रमण दिनानुदिन फैलदै गएकाले समयमैनियन्त्रणका लागी आबश्यक पहल गर्नका लागि स्वास्थ्यकर्मीहरुलाई परिचालन गर्न तथा आबश्यक तालिमको व्यवस्था गर्न पनिभनेको ज्ञापन पत्र बुझ्दै साहायक प्रमुख जिल्ला अधिकारी बरालले वाइसिएलले बुझाएको माग उचित रहेको भन्दै सम्बोधन गर्नेप्रतिबद्धता व्यक्त गरे

arrow प्रतिक्रिया दिनुहोस्