Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

नेपाल दलित मुक्ति मोर्चाको जिल्ला संयोजकमा गोपाल बराईली चयन

loading views..
Nepal Telcome

गोरखा।नेपाल दलित मुक्ति मोर्चा जिल्ला संयोजकमा गोपाल बराईली चयन भएका छन् शनिबार गोरखा सदरमुकामको पार्टीकार्यालय पाटेचौरमा भएको भेलाले गोपाल बराईलीको संयोजकत्तोमा ९९ सदस्यीय समिति चयन गरेको दलित मुक्ति केन्द्रीयसचिबालय सदस्य दिल बहादुर सुनवारले जानकारी दिए लामो समय देखि माओबादी आन्दोलनमा जोडिएका बराईली पार्टीकाबिभिन्न जिम्मेवारी सफलतापुर्बक सम्पन्न गर्दै माओबादी पार्टीको गण्डकी प्रदेश समितिको सल्लाहकार पनि रहेका छन् ।दलितनेताको रुपमा परिचय बनाएका उनी  त्यागी ,शालिन ईमान्दारिताको पहिचान बनाउन सफल नेताको रुपमा स्थापित भएका छन् हाल उनी भिमसेन थापा गाउँपालिकाको कार्यापालिका सदस्य समेत हुन् ज्येष्ठ सदस्य मंगल गान्धारीको अध्यक्षतमा भएकोकार्यक्रममा प्रमुख अतिथी नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा दलित मुक्ति मोर्चाका केन्द्रीय ईन्चार्ज परशुराम रम्तेललेकार्यक्रमको उद्घाटन गर्दै संबिधानमा भएको विशेष अधिकारलाई ब्याबहारमा लागु गर्दै दलितको अधिकारको लागि दलितहरुमाओबादी आन्देलनमा जोडिनुको बिकल्प नभएको बताएका हुन्। माओबादी आन्दोलनले नै दलितका अधिकार स्थापित भएकोदाबी गरे सोही कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य लेख बहादुर थापा , केन्द्रीय सदस्य पम्फा बसेल जिल्लासमन्वय समिति गाोखाका उपप्रमुख लिला परियार दिल बहादुर सुनवार तेज बहादुर नेपाली लगायतले मन्त्वय राखेका थिए कार्यक्रम सञ्चालन सुक बहादुर नेपाली गरेका थिए भने ११ वटा पालिकाका दलित मुक्ति मोर्चाका पालिका ईन्चार्जहरुले रिपोर्टिङगरेका थिए

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link