Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

गोरखाको मनास्लु हिमालमा हिमपहिरो : दर्जनौं घाइते उद्धार कार्य निक्कै कठिन

loading views..

गोरखा।गोरखा चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा गएको हिमपहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने
दर्जनौ  घाइते भएका छन् । हिमाल आरोहणका लागि बिदेशी पर्यटकसँगै सहयोगीको रुपमा गएका अनुप राईको ज्यान गएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।‘चौथो बेसक्याम्पमा खसेको पहिरो तेस्रो बेसक्याम्पसम्म आइपुगेको रहेछ,’ उनले भने, ‘त्यही पहिरोमा उनीहरु परेछन्।’ मानवीय क्षतिबारे यकिन विवरण भने आइनसकेको जानकारी दिदै उनले उद्धारमा समस्या भएको बताए ।

‘घटनाबारे खबर आउनेबित्तिकै हामी उद्धारका लागि पहल गरिरहेका छौं, सामागाउँबाट कैलाश एयरको हेलिकप्टर बेसक्याम्पका लागि उडेपनि मौसम प्रतिकुल भएका कारण बेसक्याम्पमा ल्याण्ड गर्न सकिरहेको छैन’, प्रमुख जिल्ला अधिकारी आचार्यले भने ।प्रहरी पनि आधार शिविरमा पुग्न सम्भव नभएकाले घटनाबारे यकिन विवरण पाउन मुश्किल भएको उनको भनाइ छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्