Skip to content
Pokharapress Logo
३ असार २०८३, बुधबार

चिनियाँ राष्ट्रपति नजरबन्दको हल्ला झुट सावित

loading views..
Nepal Telcome

प्रदर्शनीमा राष्ट्रपति चिनफिङले समाजवादको नयाँ विजयतर्फ अघि बढ्न ठोस प्रयास आवश्यक रहेको बताएको भारतीय समाचार एजेन्सी पीटीआईले सिन्ह्वा समाचार एजेन्सीलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।केहि दिनअघि चिनफिङमाथि कु भएको झुटा हल्लाले विश्वभर तरंग ल्याएको थियो । यस्तो अफवाहको बेलामा चिनफिङको सार्वजनिक उपस्थितिलाई निकै महत्वका साथ हेरिएको छ ।

सेप्टेम्बर १६ मा उज्वेकिस्तानमा भएको सांघाई सहयोग संगठनको बैठकबाट फर्किएपछि सी चिनफिङलाई भेटिएको छैन भनेर मानिसहरूले लेखेका थिए। चीनको जनमुक्ति सेनाले सी जिनपिङलाई घरमै नजरबन्दमा राखेको हल्ला पनि झुट सावित भएका खबरमा उल्लेख छ । मंगलबार सार्वजनिक भएको भिडियोमा सी चिनफिङ सँगै धेरै अधिकारीहरु प्रदर्शनीमा पुगेका छन् ।

चिनफिङ सार्वजनिक रूपमा  उपस्थित नहुनुको कारण चीनको शून्य-कोविड नीति भएको विज्ञहरुले बताएका छन् । विदेशी यात्राबाट फर्केपछि अनिवार्य सात दिन क्वारेन्टाइन र तीन दिन घरमा बस्नुपर्ने नियम चिनफिङले पनि पालना गरेको खबरमा उल्लेख छ । नेपालभ्युजबाट

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link