Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

ओलीले दुई बर्षसम्म गफ चुटेर बिताए

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौंः नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षसम्म गफ चुट्ने काम मात्रै गरेको आरोप लगाएका छन्।

काठमाडौं क्षेत्र नम्बर ५ मा आज आयोजित प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै महतले ओलीलाई सो आरोप लगाएका हुन् । उनले भने, ‘ओली सरकारले आकाश पाताल जोड्ने गफ चुटे पनि काम गरेनन् ।’ प्रधानमन्त्री ओलीले रेल र पानीजहाज ल्याउने कुरा गरे पनि दुई वर्षसम्म सर्भेसमेत नभएको बताए ।

‘खोइ रेल र पानीजहाज ? कुरैकुरामा जनतालाई रनभुल्लमा पार्ने ? गफैले जनता अगाउँछन् भनेर गफ लगाइदिने ?’ उनले प्रश्न गरे ।

उनले ओली सरकारले संस्थागत भ्रष्टाचार गरिरहेको पनि बताए । सरकारले भ्रष्टाचार र कमिसनभन्दा अर्को शब्द नजानेको भन्दै कांग्रेस सहमहामन्त्री डा. महतले भने, ‘कोभिडको यत्रो महामारीमा भ्रष्टाचार गर्नु त के, सोच्नु पनि पाप हो । तर उहाँहरुले त भ्रष्टाचार सोचेको मात्र होइन, गरेरै देखाउनु भयो ।’

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link