Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

दुई पार्टी (एमाले माओबादी)एकता गर्दा यस्तो थियो सहमति

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा।अघिल्लो आइतबारदेखि नेकपा केन्द्रीय समितिको वास्तविक सदस्य संख्या र संसद पुनस्र्थापना हुने वा नहुने भन्ने विषय सबैभन्दा धेरै चर्चामा रहेको देखिन्छ । प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटनसम्बन्धी कदमका कारण नेकपामा देखिएको स्पष्ट विभाजनपश्चात् उठेको वैधानिक संस्थापनको विषय यतिखेर निर्वाचन आयोगमा पुगेको छ ।

नेकपा (बहुमत) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायतका नेताहरूले केही दिनअघि आयोगमा पुगी आफ्नो पक्षमा बहुमत केन्द्रीय सदस्य रहेको दाबी गरिसक्नुभएको छ ।

उता, प्रधानमन्त्री निकट समूहले गत साता बालुवाटारमा डाकेको केन्द्रीय समितिको बैठकमा प्रदेश र स्थानीय तहका आफू निकट नेता तथा कार्यकर्तालाई केन्द्रीय सदस्यमा मनोनित गरी १ हजार १ सय ९९ जनाको महाधिवेशन आयोजक समितिको गठन गरिएको छ । पार्टीको पहिलो नम्बरको अध्यक्ष र महासचिवसहितको बैठकले गरेको उक्त नियुक्ती पश्चात्को संख्या नै केन्द्रीय समितिको आधिकारिक संख्या रहेको प्रचार समेत गर्न थालिएको छ ।

राजनीतिक दलसम्बन्धी ऐनमा कुनैपनि दल दर्ताको क्रममा आयोगमा पेश गरिएको केन्द्रीय समितिको संख्या नै आधिकारिक हुने उल्लेख छ । त्यस हिसाबले हेर्दा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकीकरणको अघिल्लो दिन २०७५ जेठ २ गते भएको लिखित सम्झौतामा एकीकृत पश्चात् बन्ने नेकपाको महाधिवेशनसम्मका लागि केन्द्रीय समिति क्रमशः एमालेको तर्फबाट २ सय ४१ र माओवादीको तर्फबाट २ सय गरी कूल ४ सय ४१ जना हुने उल्लेख छ ।

त्यसैगरी स्थायी समिति पनि क्रमशः २५ र १८ गरी ४३ जनाको हुने भन्ने व्यहोरामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कालो मसीले हस्ताक्षर गर्नुभएको देखिन्छ ।

उक्त हस्ताक्षरको साक्षीको रूपमा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेल र माओवादीका जनार्दन शर्मा ‘प्रभाकर’ ले हस्ताक्षर गरेको देखिँदा देखिँदै नेकपा केन्द्रीय समिति सदस्यको आधिकारिक संख्याको बारेमा विवाद गरिरहन आवश्यक नरहेको बताइन्छ ।जनआस्थाबाट

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link