गोरखा। सत्ता गठबन्धनमा रहेका नेकपा( माओबादी केन्द्र) नेपाली काङ्ग्रेस, नेपाल समाजबादी र एकीकृत समाजबादी पार्टीले सबै तहकाे निर्बाचन परिचालन समन्वय समिति गठन गरेकाे छ ।
गठबन्धनलाई अत्याधिक मतका साथ बिजय गराउने महान् उद्येश्यका साथ समिति निर्माण गरेकाे पुर्ब कृषि मन्त्री लेख बहादुर थापाले जानकारी दिए ।
आपसी भाबनमा सम्बन्ध बिस्तार , समस्याकाे समाधान छलफल बिधिबाट , सयुक्त घरदैलाे कार्यक्रम, तिहारकाेअबसरमा शुभकामना आदान प्रदान र उम्मेदवारलाई जनतासंग जाेड्ने र समस्याकाे समधानमा केन्द्रित रहेर अघि बढ्ने सत्ता गठबन्धनका एक नेताले बताए ।
कार्तिक ३ गते भित्र पहिलाे बैठक सबै समितिले बसि सक्नु पर्ने गठबन्धनले जनाएकाे छ । हरेक समितिका अध्यक्षता सबै दलले पालै पालाे गरि गर्ने सहमति भएकाे गठबन्धनले जनाएकाे छ ।