Skip to content
Pokharapress Logo
२ पुष २०८२, बुधबार

पोखरामा आज विशेष बिदा

loading views..

पोखरा। पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका अवसरमा पोखरा महानगरले आज दिउसो १:०० बजेपछि विशेष बिदा दिने भएको छ । महानगरले हिजो सूचना जारी गरी राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका लागि महानगरपालिकाका महाशाखा तथा शाखाहरू, वडा कार्यालयहरू, सामुदायिक तथा संस्थागत विद्यालय एवं मन्टेश्वरीहरुमा दिउँसो एक बजेपछि विशेष बिदा दिइएको जनाएको छ ।
महानगरले समापन समारोहमा महानगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरूमा कार्यरत कर्मचारीहरू, शिक्षक, विद्यार्थी, सामाजिक सङ्घसंस्थाहरूलाई सहभागी हुन समेत बिशेष आग्रह गरेको छ ।नागरिक समाज, आमा समुह, टोल विकास संस्था, युवा क्लब, बैँक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरू लगायत आम नगरवासीहरूलाई दिउँसो २ बजे नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा उपस्थित हुन पनि अनुरोध गरिएको छ ।
प्रदर्शनी केन्द्रबाट जम्मा भएर बृहत् सहभागिताबीच पोखरा रङ्गशालामा प्रवेशको कार्यक्रम रहेको महानगरले जनाएको छ ।
राष्ट्रिय खेलकुदको मुख्य आयोजना स्थलका रूपमा पोखरा महानगरपालिका र यसका विभिन्न वडाहरूमा रहेका खेलमैदानहरूमा प्रमुख खेलहरू सञ्चालन भएका थिए। त्यसो त राष्ट्रिय खेलकुदआयोजना पोखरामा हुनु आम पोखराबासीहरुको लागि गौरबको बिषय रहेको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए।उनले समापन समाहरोमा सम्पूर्ण पोखराबासी जनसमुदायलाई उपस्थितिको लागि अनुरोध समेत गरे।

 

loading views..

arrow प्रतिक्रिया दिनुहोस्