गोरखा। गोरखा अस्पतालका डाक्टरमा माथि हातपात गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
गोरखा नगरपालिका वडा नं ३ का २६ बर्षिय प्रमाेद जंग कुबँर गाेरखा नगरपालिकन वडा न ९ का समीर कुबँर र सोही ठाउँका १९ वर्षीय अनुप बस्नेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएकाे छ।
उनीहरु गत कार्तिक ६ गते आइतबार दिउँसो साँढे चार बजेतिर बिरामीको चेकजाँच गरिरहेका डाक्टर अविनाश पराजुलीमाथि हातपात गरेका थिए ।
सोहि घटनापछि बसेको अस्पताल व्यवस्थापन समितिको बैठकबाट निर्णय गरी यथासीघ्र दोषीलाई पक्राउ गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको थियो ।
सोही निवेदनका आधारमा केही दिन देखी फरार रहेका उनीहरुलाई आज पक्राउ गरि घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गाेरखाले जानकारी दिएको छ ।