गाेरखा। नेकपा एमालेका शहिद लखन गाउँपालिका वडा न ४ का पार्टी अध्यक्ष कृष्ण थापा ( मिलन ) नेकपा एमाले छाेडेर माओबादी केन्द्रमा प्रबेश गरेका छन् ।मंगलबार गाेरखाकाे सहिद लखन गाउँपालिकाकाे सिञ्जाली डाडाँमा भएकाे गठबन्धनकाे निर्बाचन केन्द्रित घर दैलाे कार्यक्रममा उनले माओबादी केन्द्र नै राेजेका हुन् ।
एमालेमा बा प्रबृत्ति माैलाउदै गएकाे र विधि र पद्वति बाँकी नरहेकाले जसले नजिक हुन सक्याे उसले मात्र एमालेमा अबसर पाउने परिपाटी रहेकाले एमालेमा बस्न नसकिएकाे कृष्ण थापाले बताए ।
संविधान माथि पटक पटक हमाला गरेर निरङकुश शैली अपानएकाले ५० बर्ष एमालेमा दुख गरेकाेहरु बाहिरन परेकाे उनले बताए ।
साेही कार्यक्रममा नेकपा माओबादी केन्द्रका जिल्ला इन्चार्ज तथा गाेरखा क्षेत्र न १ काे प्रदेश क का उम्मेदवार कृष्ण धितालले माओबादी पार्टीमा प्रबेश गराउँदै क्षमता र याेग्यताकाे आधारमा जिम्मेवारी दिइने बताए ।
गठबन्धनकाे कार्यक्रममा नेपाली काङग्रेसका गाेरखा क्षेत्र न १ का उम्मेदार राजेन्द्र बझगाई र माओबादी केन्द्रका केन्द्रीय सदस्य अमर तमु लगायतले मन्त्वय राखेका थिए ।