Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

एमालेलाई भाेट हाल्नु भनेकाे राजनैतिक अस्थिरता निम्त्याउनु हाे: सुरेन्द्रराज पांँण्डे

गोरखा। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा गाेरखा क्षेत्र न २ ख मा प्रदेशका उम्मेदवार सुरेन्द्रराज पाण्डेले एमालेलाई भाेट हाल्नु भनेको अस्थिरता निम्त्याउ हो।

शुक्रबार गठबन्धन अस्थिरता निम्तयाउनु चुनाबी जन भेटघाट तथा काेण सभामा साे कुरा बताएका हुन् । एमालेलाई भाेट हाल्नु भनेकाे अधिनायकबादी साेच निम्तायउनु हाे भन्दै उमेदार पाण्डेले दुई दुई पटक संसद बिघटन गरेर राष्ट्र र जनताकाे अपमान गरेकाले संसदमा एमालेलाई पुर्याउनु आफुले आफैलाई घात गर्नु हाे उनले भने ।

यस्ता साेचलाई परास्त गर्न काङ्ग्रेसले माओबादीलाई हँसिया हथाैडा र माओबादीले काङ्ग्रेसलाई रुखमा भाेट हाल्न आबश्याक रहेकाे बताए । जसले देशमा राजनैतिक अस्थिरता संसदलाई बन्धक बनाउछ उसलाई जनताले चिन्नु पर्छ ।

हिजाे मुलुकमा द्वन्द्व भईरहदा शान्तिमा रुपान्तरण गर्ने दुई नायक मध्ये एउटा शान्तिकाे नायक आज हामिले उमेदारकाे रुपमा पाएका छाै नेता पाण्डेले भने । शान्ति सम्झाैताकाे राेडम्याप अनुसार आज हामी यहाँ आएका हाै यदि नेपालमा शान्ति समझाैता हुने थिएन भने याे मुलुकले ठुलाे रक्तपात श्रृजना हुने अबस्था आउथ्याे ।

यस्ताे अबस्थालाई राेक्दै शान्तिका नायक प्रचण्डका कारण देशमा शान्ति स्थायित्व भएकाे हाे ।

मुलुक बिकासकाे यात्रामा अघि बढाउने हाे भने उहाँकाे नेतृत्वमा देश चल्नु पर्छ नेता पाण्डेले भने ।

arrow प्रतिक्रिया दिनुहोस्