Skip to content
Pokharapress Logo
२ असार २०८३, मंगलवार

गोरखा क्षेत्र नं २का राप्रपाको उम्मेदवार नै माओबादी प्रवेश

loading views..
Nepal Telcome

गोरखा क्षेत्र नम्बर-२ मा राप्रपा नेपालका उमेदवार नै माओवादी केन्द्रमा प्रबेश गर्नुभएको छ ।

गोरखा नगरपालिका १० स्थित रानीटारमा आज आयोजित चुनाबी कोणसभामा राप्रपाको गोरखा क्षेत्र नम्बर २ को (१) प्रदेश सभाका उम्मेद्वार सुबोध बस्नेतले उम्मेद्बारी फिर्ता लिदै माओवादी केन्द्रमा प्रबेश गरेको घोषण गर्नु भएको हो ।

समृद्धिको अभियानमा जिल्लामा मात्र नभई देशमा पनि प्रचण्ड नेतृत्वको सरकारको माग भएकाले माओवादी केन्द्रमा प्रवेश गरेको उहाँले बताउनुभयो । ‘राष्ट्रिय व्यक्तित्व गृहजिल्ला आउँदा फुल सपोर्ट गर्ने वाचा गर्दछु,’ उहाँले भन्नुभयो, ‘गोरखा जिल्लामात्र नभई देश समृद्धिको अभियानमा कमरेड प्रचण्डलाई जिम्मा दिनुपर्ने समयको माग भएकाले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र प्रवेश गरेको छु ।’ पार्टीमा रहेर आफुले सकेको सहयोग गर्ने बस्नेतले प्रतिब्धता गर्नुभयो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link