Skip to content
Pokharapress Logo
२ असार २०८३, मंगलवार

ललितपुरको सांस्कृतिक वैभवलाई आर्थिक उपार्जनसँग जोडौँ : मन्त्री भुसाल

loading views..
Nepal Telcome

ललितपुर, २१ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुरको सांस्कृतिक वैभवलाई आर्थिक उपार्जनसँग जोडेर ललितपुरलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट ललिपतुर क्षेत्र नं ३ को साझा उम्मेदवार समेत रहनुभएकी मन्त्री भुसालले यहाँको मूर्त तथा अमूर्त कला संस्कृतिको संरक्षणमा उल्लेख्य भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले गुठियारसँग छलफल नै नगरी एकलौटी रुपमा यहाँको कला संस्कृतिमाथि अतिक्रमण गर्ने गरी गुठी विधेयक ल्याउँदा आफूले संसद्बाट प्रतिरोध गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, “मैले त्यतिबेला पनि संसद्मा गुठियारसँग छलफल नगरी ल्याएको विधेयक फिर्ता गर्न र सम्बन्धित पक्षसँगको समन्वयबाट मात्र विधेयक अगाडि बढाउन आग्रह गरेको यहाँहरुले सुन्नुभएकै छ ।”

ललितपुर महानगरपालिका वडा नं २० र १० भित्र आयोजित घरदैलो कार्यक्रममा उहाँले सांस्कृतिक नगरीका रुपमा रहेको ललितपुरमा पर्यकटीय सम्भावना उच्च रहेको र यसको अधिकतम् सुदपयोग गर्नुपर्ने बताउनुभयो । ललितपुरवासीको समृद्धिको आकाङ्क्षा पूरा गर्ने अभिभावकीय जिम्मेवारी निर्वाह गर्ने उद्देश्यले आफू फेरि निर्वाचनमा आएको जनाउँदै उहाँले नगरवासीको चाहना पूरा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

काठमाडौँ उपत्यकामा रहेको शुद्ध पिउने पानीको समस्या समाधान गर्न आफूले निरन्तर पहल गर्दै आएको स्मरण गराउँदै उम्मेदवार भुसालले खानेपानी समस्याको दीर्घकालीन समाधान खोज्न आफू लागि पर्ने बताउनुभयो । राजधानीभित्रै रहेपनि आफ्नो क्षेत्रमा खानेपानी, बेरोजगारी, अव्यवस्थित शहरीकरणलगायत समस्यालाई आफूले नजिकबाट नियालेको र आगामी दिनमा त्यस्ता समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री भुसालको पहलमा ललितपुरका प्रायः जसो टोलवस्तीमा भित्री सडक, पुल, ढल, खानेपानी, विद्यालय, स्वास्थ्य चौकीलगायत सडक निर्माण र स्तरोन्नति भएका छन् । सहकारी र रोजगारीका क्षेत्रमा पनि उल्लेख्य काम भएका छन् । घरदैलो अभियानका क्रममा उहाँले आफूले यसअघि थालनी गरेको विकासका कामलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link