पोखरा।आज सत्ता गठबन्धनको बैतडी र दार्चुलामा चुनावी सभा रहेको छ । सभालाई प्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड र माधव नेपालको सहभागिता रहने छ। चुनावी अभियानका लागि सुदूरपश्चिममा रहेका प्रधानमन्त्रीले दुई जिल्लामा हुने सभामा सम्बोधन गर्न लागेको स्वकीय सचिव भानु देउवाले बताए। कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गर्ने बताइएको छ।
