समृद्व गोरखा बनाउन प्रचण्डले ल्याए ४५ रणनीतिक योजना

समृद्व गोरखा बनाउन प्रचण्डले ल्याए ४५ रणनीतिक योजना

  • मंगलबार, कार्तिक २२ २०७९

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा क्षेत्र नम्बर–२ का लागि रणनीतिक महत्वका योजना सार्वजनिक गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रको लागि प्रचण्डले ४५ रणनीतिक योजनासहित प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् ।  आगामी मंसिर–४ मा हुने निर्वाचनको लागि प्रचण्ड गोरखा क्षेत्र नम्बर–२ बाट उम्मेदवार छन् । उनले गोरखाको सडक, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवद्र्धन, कृषि, जडिबुटी, व्यावसायिक पशुपालन, सीपमुलक तालिम, साहित्य कला संस्कृतिको संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आफूले चुनाव जितेपछि गोरखाबाटै आर्थिक विकास निर्माण र समृद्धिको सुरुवात हुने उनको दावी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.