Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

माओवादी केन्द्रका भाग्गमानी समानुपातिक उम्मेदवारहरु: को-को बन्दैछन् समानुपातिक सांसद ?

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाण्डु। समानुपातिक मतमा निक्कै खस्किएको माओवादी केन्द्रले प्रतिनिधिसभामा पठाउने समानुपातिकतर्फका सांसदको नाम टुंगो लगाउन माओवादी केन्द्रले आज दिउँसो तीन बजेका लागि पदाधिकारी बैठक बोलाएको छ ।
पदाधिकारी बैठकले क्लस्टर मिलाएर समानुपातिक सांसदको नाम टुंगो लगाउने तयारी गरेको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १८ सिट जितेको माओवादी केन्द्रले समानुपातिकतर्फ ११ लाख ७५ हजार ६८४ मत पाउँदै १४ सिट पाएको छ।निर्वाचन आयोगले थ्रेस होल्ड कटाएका दलहरूलाई समानुपातिक सांसदको नाम सिफारिस गर्न मंसिर २४ सम्मको समय दिएको छ ।
माओवादी केन्द्रबाट सांसद बन्ने सम्भावित भाग्यमानीहरु :

खस आर्य
१. हितराज पाण्डे
२. पेशल खतिवडा
३. ज्ञानु बस्नेत
४. विमला सुवेदी

आदिवासी जनजाति
१. दुर्गा राई
२. मिना तामाङ
३. उर्मिला माझी
४. छिरिङल्यामु लामा (पिछडिएको क्षेत्र)

दलित
१. सुशीला श्रीपाइली
२. पार्वती विक

मधेसी
१. मिना यादव
२. उमरावतीदेवी यादव

थारु
१. रुपासोसी चौधरी

मुस्लिम
१. कल्पना मियाँ

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link