गोरखा। इतिहासकाे जगर्ना गर्ना गोरखा दरबार संग्राहलय परिषरमा रहेको ऐतिहासिक ठूलो आँगनमा राष्ट्रिय एकता दिवसको अबसरमा झण्डोत्तोलन तथा बिगुलद्धारा बिजय ध्वनी सहित पाैष २७ गतेबाट राष्ट्रनिर्मातालाई सलामी अर्पण शुरु हुने भएको छ ।
ठूलो आँगनमा नेपाल एकिकरणका अभियान्ता पृथ्वी नारायण शाहको शालिक, नेपालको राष्ट्रिय झण्डा र नक्सा राखेर राष्ट्र निर्माता् सलामी अर्पण सुरु गरिने गोरखा नगरपालिका मेयर कृष्णबहादुर रानामगरले जानकारी दिए। संग्राहलय परिषरमा आज पत्रकार सम्मेलनको आयोजना गरी नगरप्रमुख रानामगरले यहीँ पुस २७ गते राष्ट्रिय एकता दिवसको अबसरमा बिजय ध्वनी सहित राष्ट्रनिर्माता सलामी अर्पणको थालनी गरिने उनले बताए ।
गोरखाको पर्यटन प्रबद्र्धनका लागि ठूलो आँगनमा दैनिक बिहानको सूर्योदय र बेलुकीको सूर्योअस्तको समयमा पृथ्वी नारायण शाह पालाका नेपाली सेनाको पेशाकमा सेनाको परेड खेल्ने र सलामी अर्पण गर्ने उनल बताए । ‘ठूलो आँगनमा पृथ्वीनारायण शाहको पालाका समयमा पनि तत्कालिन सेनाले हतियार प्रर्दशन सहित सेनाको परेड खेलाउने ठाउँको रुपमा ऐतिहासिक महत्व भएको ठाउँ हो, उनले भने, ‘सोही इतिहासको जर्गेना गर्न अबदेखि दैनिक रुपमा तत्कालिन सेनाको पोशाकमा नेपाली सेनाले बिजय ध्वनी सहित राष्ट्रनिर्माता सलामी अर्पण गर्नेछ ।’
यसबाट राष्ट्रनिर्मातालाई दिएकाे सलामी हेर्नका लागि समेत पर्यटकहरु गोरखा आउने वातावरणको सृजना हुने बिश्बास ब्यक्त गरे । ‘बिहान आउने पर्यटकहरु बेलुकीको सलामी हेर्न बास बस्न सक्ने र बेलुकी आउने पर्यटकहरु बिहानको सलामी हेर्न सदरमुकाममा एकरात बस्ने अबस्थाको सृजना हुन्छ, नगरप्रमुख रानामगरले भने, ‘यसबाट गोरखाको इतिहासको जर्गेना मात्र होइन पर्यटनको प्रबद्र्धन समेत हुनेछ ।’गोरखा नगरपालिकाको प्रस्तावमा नेपाली सेनाले गोरखाको इतिहासको जर्गेना गर्न राष्ट्र निर्माता सलामी अर्पणको थालनी गर्न लागेको उनले बताए ।
‘ठूलो आँगनमा राखिने शालिक र त्यसले गर्ने पर्यटन प्रवद्र्धनले सिंगो गोरखाले फाइदा लिनसक्छ, नगरप्रमुख रानामगरले भने, यसबाट गोरखाको समग्र पर्यटन क्षेत्रको बिकासमा टेवा पुग्ने निश्चित छ ।’
गोरखा नगरपालिकामा नै नेपाली सेनाबाट राष्ट्रिय निर्माता सलामीको थालनी गर्न पाउनु जिल्लाको लागि सौभाग्य भएको बताए । ‘अहिलेको सेना होइन ऐतिहासिक सेनाको पोशाक पनि ऐतिहासिक सेना हुने हो, उनले भने ‘यसले गोरखाको इतिहासलाई बिश्वसामु पुर्याएर गोरखाको पर्यटन क्षेत्रको बिकास गर्न सकिन्छ ।’
नेपाल एकिकरणको इतिहासमा गोरखाको छुट्टै पहिचान रहेको भन्दै नगरप्रमुख रानामगरले इतिहासलाई जोगाउदै त्यसको प्रचार–प्रसार गरेर जिल्लाले फाइदा लिनसक्नु पर्ने बताए । ‘गोरखा इतिहासलाई पनि जगेर्ना गर्नुपर्नेछ, उनले भने‘ठूलो आँगनमा पृथ्वीनारायण नारायण शाहको शालिक राख्ने, झण्डा राखेर दैनिक रुपमा सलामी दिइन्छ ।’ पुस २७ गते राष्ट्रिय एकता दिवसको दिन देशभर हरेक बर्ष रास्ट्र निर्माता सलामी दिइन्छ, नेपाली सेना रिपुमद्र्धन गणका गणपति हेमराज बिष्टले भने, गोरखा झन ऐतिहासिक जिल्ला भएकाले नेपाल एकीकरणको उदगमस्थलमा दैनिक रुपमा सलामी दिँदा झन यसको छुट्टै महत्व बढेर जाने उनकाे भनाई छ ।