Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

महेन्द्रपुलमा मोवाइल होलसेल मार्केट शुभारम्भ

loading views..
Nepal Telcome

पोखरा। पोखराको मुटु महेन्द्रपुलमा अंग्रेजी नयाँवर्षको आगमनसँगै मोवाइल होलसेल मार्केट आजदेखी सञ्चालनमा आएको छ ।

महेन्द्रपुलदेखि चिप्लेढुँगा जाने सडकक‍ो मारबाडी खाजा घर पछाडि पुरानो ओरेन्ज मार्केट रहेको  सो मार्केट आजदेखखि सुभारम्भ भएको हो । विगत १० वर्षदेखी महेन्द्रपुलको सीता भवनको अण्डरग्राउण्डमा व्यापार गर्दै आएका मोवाइल व्यवसायीहरु महानगरले अण्डरग्राउण्ड खाली गरेपछि महेन्द्रपुलमा सरेर होलसेल मार्केट सञ्चालनमा ल्याएका हुन् ।

बजारका संयोजक चिन्तामणि खरेलका अनुसार हाल सो स्थानमा १५ वटा सटरमा व्यवसाय सञ्चालन भइरहेको छ ।बजारमा पार्किङको सुविधा, अपांगमैत्री तथा तथा विभिन्न मोवाइल तथा इलेक्ट्रोनिक सामग्रीहरुको सुविधा रहेको छ ।खरेल सहित सो बजारका व्यवसायीहरु ढाकामोहन अधिकारी, रामहरि तिमिल्सिना र सुवास अर्यालले बजार व्यवस्थापन र सञ्चालनमा मुख्य भूमिका निर्वाह गर्दै  आएका छन्। होलसेल मार्केट शुभारम्भका अवसरमा ग्राहकहरुलाई यही पुस २५ गतेसम्म विभिन्न छुट तथा सहुलियत प्रदान गरिने बजारका संयोजक चिन्तामणि खरेलले बताए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link