Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

६ महिनामा निफ्राको नाफा ७३ प्रतिशतले वृद्धि

loading views..
Nepal Telcome

पोखरा। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ७६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा नाफा ४४ करोड २६ लाख थियो ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ६६ पैसा बढेर ७ रुपैयाँ ९ पैसा पुगेको छ।

समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ५ करोड ९१ लाख रुपैयाँबाट घटेर ४ करोड २५ लाख रुपैयाँ भएको छ।

पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३२.१४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ७३ पैसा रहेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link