Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

सवारी सुधारबारे अध्ययन कार्यदल गठन

loading views..
Nepal Telcome

काठमाण्डु। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘सवारी प्रदुषण, सवारी सुरक्षा एवम् दुर्घटना न्यूनीकरण’बारे अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उपप्रधानमन्त्री एवम भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको निर्णयअनुसार गठित उक्त सात सदस्यीय कार्यदलको संयोजक पूर्व सचिव शरदचन्द्र पौडेल छन्। कार्यदलले अध्ययनलाई प्रतिवेदनका रूपमा पेश गर्ने छ।

कार्यदलमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक बिज्ञानराज शर्मा, पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक डा. पदमबहादुर शाही, यातायात बिज्ञ मधुसूदन आचार्य र इन्जिनियर बिजय गौतम सदस्य छन्।

यातायात ब्यबसायी महासंघका अध्यक्ष वा प्रतिनिधिलाई समेत सदस्य तोकिएको उक्त कार्यदलमा यातायात ब्यबस्था बिभागका महानिर्देशक सदस्य सचिव रहेका छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link