Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

प्रभु बैंकको सीईओमा अशोक शेरचन पुनः नियुक्त

loading views..

काठमाण्डु।प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः अशोक शेरचन नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकले शेरचनलाई पुनः ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

२०७५ माघ १८ गते नै बैंकको सीईओ नियुक्त भएका शेरचनलाई बैठकले पुनः सीईओ नियुक्त गरेको बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाले बताए । तत्कालीन प्रभु विकास बैंकका सीईओ भएका शेरचन समस्याग्रस्त किष्ट बैंक र ग्राण्ड बैंकलाई प्राप्त गरेर प्रभु विकास बैंक हुँदै प्रभु बैंकमा स्तरोन्नतिका लागि आफ्नो व्यवस्थापकीय नेतृत्वमा लिएर बैंकलाई प्रतिस्पर्धी र सबल बनाउन सफल भएका छन् ।

तत्कालीन किष्ट बैंक, प्रभु विकास बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स मर्ज गरी प्रभु बैंकको नामबाट कारोबार सुरु भएको थियो । जुन बेला शेरचन दोस्रो वरीयतामा रहेको र सोही वर्ष कात्तिकमा सीईओ कुमार लम्सालले जिम्मेवारी छाडेपछि अशोकले सीईओमा नियुक्त भएका थिए। पाएका थिए ।त्यस पछि प्रभुले ग्राण्ड बैंक , नेपाल विकास बैंकलाई समेत समाहित गरेर लगातार अशोक प्रभु बैंकको सीईओ छ ।

दुई साताअघि सेञ्चुरी कमर्शियल बैंकलाई प्रभुमा समाहित गरेपछि अशोक तेस्रो कार्यकालका लागि सीईओ बनेका हुन् । सेञ्चुरीलाई आफूमा समाहित गरेपछि प्रभु झनै ठूलो वाणिज्य बैंक भएको छ । मर्जपछि चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको चुक्ता पुँजी बढेर २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ पुगेको छ भने रिजर्भको आकार बढेर ९ अर्ब रुपैयाँ पुगेको छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्