गाेरखा। नगरपालिका स्तरिय शिक्षक भलिबल प्रतियाेगिताकाे उपाधि रत्नराज्य माध्यमिक बिद्यालय बिरेनचाेकले जित हात परेकाे छ ।
दुई दिन सम्म चलेकाे दुई नगरपालिका भित्रका माध्यमिक बिद्यालयहरुका शिक्षकहरुकाे भलिबल प्रतियाेगितामा १० वटा बिद्यालयहरुकाे सहभागीता रहेकाे थियाे ।
जसमा आयाेजक बिद्यालय रत्न राज्य माध्यमिक बिद्यालय बिरेाचाेकले २५ हजार बराबरकाे खसी , मेडल र प्रमाणपत्र सहित प्रथम हुन सफल भएकाे छ भने द्वितिया हुन सफल धर्मदय माध्यमिक बिद्यालय पालुङटारले १७ हजार सहित खसी/ मेडल र प्रमाणपत्र हात पार्न सफल भएकाे शिक्षक प्रतिनिधि नर बहादुर राेकाले जानकारी दिए ।
त्यस्तै तेस्राे हुन सफल मिरकाेट माध्यमिक बिद्यालय पालुङटार – १० बाघडाडाले १३ हजार बराबरकाे बाेका , मेडल र प्रमाण पत्र जित्न सफल भएकाे रत्न राज्य माध्यमिक बिद्यालय बिरेनचाेकका प्रधानध्यापक तेज बहादुर नेपालीले जानकारी दिए ।
बिद्यालय बिद्यालय बिचकाे साैहार्दपूर्ण राख्न ,एकआपसमा शैक्षिक गुणस्तरिय कसरी बृद्वि गर्न सकिन्छ भन्ने मनासयका साथ याे कार्यक्रम आयाेजना गरिएकाे प्रधानध्यापक नेपालीले जानकारी दिए ।