Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

नगरस्तरिय शिक्षक भलिबल प्रतियाेगिताकाे उपाधि रत्नराज्य माबि बिरेन्चाेकलाई

loading views..
Nepal Telcome

गाेरखा। नगरपालिका स्तरिय शिक्षक भलिबल प्रतियाेगिताकाे उपाधि रत्नराज्य माध्यमिक बिद्यालय बिरेनचाेकले जित हात परेकाे छ ।

दुई दिन सम्म चलेकाे दुई नगरपालिका भित्रका माध्यमिक बिद्यालयहरुका शिक्षकहरुकाे भलिबल प्रतियाेगितामा १० वटा बिद्यालयहरुकाे सहभागीता रहेकाे थियाे ।

जसमा आयाेजक बिद्यालय रत्न राज्य माध्यमिक बिद्यालय बिरेाचाेकले २५ हजार बराबरकाे खसी , मेडल र प्रमाणपत्र सहित प्रथम हुन सफल भएकाे छ भने द्वितिया हुन सफल धर्मदय माध्यमिक बिद्यालय पालुङटारले १७ हजार सहित खसी/ मेडल र प्रमाणपत्र हात पार्न सफल भएकाे शिक्षक प्रतिनिधि नर बहादुर राेकाले जानकारी दिए ।

त्यस्तै तेस्राे हुन सफल मिरकाेट माध्यमिक बिद्यालय पालुङटार – १० बाघडाडाले १३ हजार बराबरकाे बाेका , मेडल र प्रमाण पत्र जित्न सफल भएकाे रत्न राज्य माध्यमिक बिद्यालय बिरेनचाेकका प्रधानध्यापक तेज बहादुर नेपालीले जानकारी दिए ।

बिद्यालय बिद्यालय बिचकाे साैहार्दपूर्ण राख्न ,एकआपसमा शैक्षिक गुणस्तरिय कसरी बृद्वि गर्न सकिन्छ भन्ने मनासयका साथ याे कार्यक्रम आयाेजना गरिएकाे प्रधानध्यापक नेपालीले जानकारी दिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link