गाेरखा। नेकपा एमाले निकट अखिल नेपाल राष्टिय स्वतन्त्र बिद्यार्थी युनियन ( अनेरास्वबियु ) गाेरखाकाे अध्यक्षमा प्रताप ढकाल निर्बिराेध निर्बाचित भएका छन् ।
शनिबार भएकाे १४ ओै जिल्ला सम्मेलनले प्रताप ढकालकाे अध्यक्षतमा २३ सदस्यीय जिल्ला कमिटी निर्बाचित भएकाे अनेरास्बियुका नेता प्रबिन श्रेष्ठले जानकारी दिए ।
जसकाे उपाध्यक्षमा सुरज श्रेष्ठ, सचिबमा प्रमिला खड्का, सह-सचिबमा मिलन बराम काेषध्यक्षमा बिक्रम तमाङ चयन भएकाे अनेरास्वबियु गाेरखाले जनाएकाे छ ।
प्रकाश पाैडेलेकाे अध्यक्षतमा भएकाे कार्यक्रममा प्रमुख अतिथि अनेरास्वबियुका बरिष्ठ उपाधयक्ष आरसी लामिछानेले गरेका थिए । प्रमुख अतिथी लामिछानेले बिद्यार्थी संगठन नेता उत्पादन गर्ने थलाे भएकाले अनेरास्वबियुले संगठनलाई बिस्तार गरी नेतृत्वदायी भुमिका निर्बाह गर्न आग्रह गरेका थिए ।
स्वबियु निर्बाचन नजिकिए संगै बिद्यार्थी संगठनले धमाधम भेला तथा सम्मेलन गर्दै आएका छन् ।