Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

गाेरखा जिल्ला बचत तथा ऋण सहकारी संघकाे विशेष साधारण सभा सम्पन्न

loading views..
Nepal Telcome

गाेरखा। गाेरखा जिल्ला बचत तथा ऋण सहकारी संघकाे विशेष साधारण सभा सम्पन्न भएकाे छ ।

शनिबार गाेरखा जिल्ला समन्वय समितिकाे सभाहलमा विशेष साधारण सभा सम्पन्न भएकाे सक्रिय सदस्य राम बाबू श्रेष्ठले जानकारी दिए ।

२०७३ सालमा गाेरखा जिल्लामा बचत सस्थाहरुकाे मातृ संस्था जिल्ला बचत संस्था सहकारी संघकाे स्थापना भएता पनि यसले सक्रिय रुपमा काम गर्न सकेकाे थिएन । सहकारीमा आबद्व प्रतिनिधीहरुकाे विशेष जाेडबलमा याे संस्थाकाे विशेष साधारण सभा भएकाे हाे ।

जसलाई पुनस्थापित गराउन राम बाबू श्रेष्ठकाे संयाेजकत्मा ३ सदस्यीय समिति गठन गरि काम अघि बढाईएकाे जिल्ला सहकारी संघले जनाएकाे छ ।

गाेरखा जिल्लामा रहेकाे ३४ वटा सहकारी संस्थाकाे उपस्थितिमा विशेष साधारण सभाले तिर्थ बहादुर नेपालीकाे अध्यक्षतमा ९ सदस्यीय सञ्चाक समित र ३ सदस्यीय लेखा समिति गठन भएकाे राम बाबू श्रेष्ठले जानकारी दिए ।

जसकाे उपाध्यक्षमा कृष्ण कुमार श्रेष्ठ , महासचिबमा सुशील अर्याल र काेषध्यक्षमा तारा बस्याल निर्बाचित भएकाे जिल्ला सहकारी संघले जनाएकाे छ । लेखा समितिकाे संयाेजकमा भिम बहादुर खत्री चयन भएकाे सहकारी संघले जनाएकाे छ।

बाबुराम थापाकाे अध्यक्षतमा भएकाे कार्यक्रममा प्रमुख अतिथि बाबुराम काेइरालाले सम्बाेधन गर्दै सहकारीकाे महत्व र बचत सस्थाकाे छाता संघकाे गठन सबै मिलेर आपसी सहमतिमा अघि बढ्नु पर्ने मन्त्वय राखेका थिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link