Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

प्रेस चौतारी गोरखाद्धारा २५ औं स्थापना दिवसको अबसरमा कारागारका कैदी बन्दीलाई पुस्तक हस्तान्तरण

loading views..
Nepal Telcome

गोरखा।  प्रेस चौतारी नेपाल गोरखा शाखाले स्थापना दिवसको अबसर पारेर आइतबार गोरखा कारागारका कैदीबन्दिहरुलाई पुस्तक हस्तान्तरण गरेको छ । संगठनले आफ्नो २५ औं स्थापना दिवसको अबसरमा गोरखा कारागारमा रहेका कैदीहरुलाई पुस्तक बितरण गरेको हो । कारागारमा एक कार्यक्रमका विच प्रेस चौतारीका केन्द्रिय सदस्य एबम् गोरखा जिल्ला इन्चार्ज किरण लोहनीले गोरखा कारागारका गुणप्रमुख गणेशप्रसाद भटृराइलाई पुस्तक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य लोहनीले कारागारका कैदिबन्दिहरुलाई समय कटाउन र सकारात्मक सोचको बिकास गराउने उदेश्यले पुस्तक बितरण गरिएको बताए । उक्त पुस्तक अध्ययनवाट कैदीबन्दीहरुको मनोपरामर्शको काममा सहयोग पुग्नुका साथै कैदी जीवन कटाएपछि सामाजिक क्षेत्रमा केही गर्दै समाजमा आफुलाई स्थापित गर्न सकुन् भन्ने उदेश्यले आफुहरुको रहेको लोहनीले बताए । कार्यक्रममा गोरखा कारागारका प्रमुख गणेशप्रसाद भटृराईले कारागारका कैदिबन्दिहरुले पुस्तक पढ्न नपाएको गुनासो गरीरहेको बेला प्रेस चौतारी नेपालले पुस्तक उपलब्ध गराएपछि सहयोग पुगेको बताए । सो अबसरमा प्रेस चौतारीले रचनात्मक,धार्मिक महाभारत, आख्यान, सिर्जनशिलताका साथै कानुनका सम्बन्धी बिभिन्न २३ थान पुस्तक बितरण गरेको हो। प्रेस चौतारीका केन्द्रिय सदस्य एबम् गोरखा जिल्ला इन्चार्ज लोहनीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा जिल्ला कारागारका प्रमुख गणेस प्रसाद भटृराई, पत्रकार महासंघ गण्डकी प्रदेश समितिका सचिव सुशिल वावु श्रेष्ठ (कैलाश), नेकपा एमालेका जिल्ला कमिटिका सचिव काजिराम रोका लगायतको सहभागिता रहेको थियो । गोरखा कारागारमा अहिले १०२ जना कैदिबन्दीहरु रहेका छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link