Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

सहिदलखन गाउँपालिकाद्वारा उत्कृष्ट कृषकलाई नगद सहित सम्मान

गोरखा।सहिदलखन गाउँपालिका भित्रका उत्कृष्ट कृषकहरुलाई नगद सहित सम्मान गरिएको छ । प्रजातान्त्रिक आन्दोलनका प्रथम सहित लखन थापा मगर तथा सहयोद्धा जयसिँह चुमीको १ सय ४६ औँ स्मृति दिवसको अवसरमा आयोजित एक समारोहका बीच किसानहरुलाई सम्मान गरिएको छ ।सहिद लखनगाउँपालिकामा ९ वटा वडा मध्ये कृषितर्फ उत्कृष्ट हुने ८ जना र पशु तर्फ उत्कष्ट हुने ८ जना गरी १६ जनालाई सम्मान गरिएको पालिकाका कृषि शाखा प्रमुख ऋषि रोकाले बताए । उनीहरुलाई जनही १० हजार ५ सय नगद सहित दोसल्ला ओडाई प्रमाणपत्रले सम्मान गरिएको थियो ।

सहिद लखन गाउँपालिका भरिबाट कृषि र पशु क्षेत्रका गरी दुई जनालाई सर्वोउत्कृष्ट कृषकका रुपमा सम्मान गरिएको छ । उनीहरुलाई जनही नगद रु १३ हजार पाँचसय नगद सहित दोसल्ला ओडाइ प्रमाणपत्रले सम्मान गरिएको हो । पालिकाका कृषि र पशुका गरी १८ जना कृषकलाई सम्मान गरिएको श्रषि रोकाले जानकारी दिए ।पालिकाले सूचना आह्वान गरेको सोही सूचनाका आधारमा कृषकहरुले उत्पादन गरेको बस्तु, उनीहरुको वर्षभरिको आम्दानी र पालिकामा उनीहरुले कृषि क्षेत्रमा पुऱ्याएको योगदानका आधारमा छनौट गरी सम्मान गरिएको उनले जानकारी दिए ।

arrow प्रतिक्रिया दिनुहोस्