Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

११औं गोरखा महोत्सवको हिसाब सार्वजनिक साँढे दुई लाख रुपैयाँ भन्दा बढी बचत

गोरखा।गोरखा उद्योग बाणिज्य संघले आज ११औं गोरखा महोत्सवको हिसाब सार्वजनिक गरेको छ । सार्वजनिक गरेको संघले २ लाख ५८ हजार ७५५ रुपैयाँ बचत गर्न सफल भएको छ ।

३७१औं पृथ्वी जयन्तीको अवशर पारेर आयोजना गरेको ‘११औं गोरखा महोत्सव एवं प्रदेश स्तरीय कृषि पर्यटन तथा औद्योगिक ब्यापार मेला २०७९’ मा मेला अवधीभरमा ३५ हजार दर्शकले अबलोकन गरेको संघका अध्यक्ष कृण्णकुमार श्रेष्ठले जानकारी दिए ।

सोमबार संघको बैठक हलमा हिसाब सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले ११औं महोत्सवलाई पृथक बनाउने प्रयास गरेको भएता पनि केही असहजता आएको र त्यसले मेलालाई प्रभाव पारेको बताए ।

संघले आयोजना गरेको मेलामा जिल्ला भित्रको ब्यापारीलाई मात्र सहभागी गराउने प्रयास गरेको भएता पनि मेलाको तेस्रो दिनसम्म पनि कपडा ब्यवसायीहरुले असहयोग गर्दा बाहिरी जिल्लाबाट ब्यवासायीलाई ल्याउनु परेको थियो ।

गोरखा नगरपालिका–६ को खेलकुद मैदानमा पौष २७ गतेदेखी माघ ७ गतेसम्म सञ्चालनमा आएको मेला अवधिभरमा १ करोड ५० लाख बरावरको कारोवार भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । मेला अवधिभर ५१ लाख ७१ हजार ८२० आम्दानी भएको र ४९ लाख १३ हजार ६५ रुपैयाँ खर्च भएको भन्दै अध्यक्ष श्रेष्ठले २ लाख ५८ह जार ७५५ रुपैयाँ बचत भएको जानकारी दिए ।

मेलामा टिकटबाट मात्रै २३ लाख ९ हजार २० रुपैयाँ आम्दानी गरेको संघले सबै भन्दा धेरै कलारकारहरुमा खर्च भएको जानकारी दिए । स्थानिय कलाकार बाहेक पनि संघले १५ लाख २७ हजार रुपैयाँ जिल्ला बाहिरको कलाकारलाई खर्च भएको जनाएको छ ।

संघले सोमबार सार्वजनिक गरेको विवरण अनुसार १६ लाख ५४ हजार रुपैयाँ उठन बाँकी रहेको र १२ लाख ६० हजार रुपैयाँ भूक्तानी दिन बाँकी रहेको छ ।

arrow प्रतिक्रिया दिनुहोस्