Skip to content
Pokharapress Logo
९ कार्तिक २०८३, आईतवार

लघुवित्तिय सस्थाहरुकाे ज्यादति बिरुद्व गाेरखामा बिराेध प्रर्दशन

loading views..
Nepal Telcome
नदीपुर दुध

गाेरखा। लघुबित्तहरुले घरबास गराएकाे भन्दै लघुबित्त पिडितहरुले गाेरखामा नारा जुलुस सहित बिराेध प्रर्दशन गरेका छन् ।मंगलबार जिल्ला प्रशासन कार्यालय गाेरखाकाे गेट अगाडि बिराेध गर्दै हामी अन्यायमा परेकाे भन्दै बिस्तारै कमाएर तिर्छाै भन्दा पनि गाली र धम्की खानु परेकाे बताएका छन् । दिन भरि ज्याल मजदुरी गरेर ल्याएकाे थाेरै थाेरै रकम पनि बलजबस्ती खाेसेर लगेकाेमा घाेर आपत्ति जनाएका छन् ।

लघुबित्त संस्था बिरुद्वकाे सघर्ष समितिले आयाेजना गरेकाे कार्यक्रममा जिल्ला भरिका ऋणिहरु जम्मा भएर नारा जुलुस सहित जिल्ला प्रशासन कार्यालय गाेरखाकाे ध्यानआकर्षण गराएका छन् । पिडितहरुकाे हातमा ब्यानर र प्लेकाड सहित बिराेधमा उत्रिएका थिए ।

लघुबित्तबाट ऋण लाने कुरिनटार निबासि कैले चेपाङले लघुबितकाे मानिसहरु आएर फेरि एक लाख दिन्छु तेराे स्वास्नीलाई पनि लगेर जाेत भन्दै अप शब्द बाेल्ने गरेकाे गुनासाे गरेकाे छन् । तयस्तै अर्का पिडित शुसिला गुरुङले भनिन लघुबित्त हरुले कमजाेर परिवार माथि धरकपड गर्दै हामी माथी जुन दुर्व्यवहार गरेका छन् तिनलाई जुत्ता माला लगाएर याे लघुबित्त सस्थालाई खारेज गर्नु पर्ने माग गरिन् । त्यस्तै अर्कि पिडित ईन्दिरा बिक गाेरखा च्याङिलिङका कुमारी कुमाल स्बालम्बानबाट २लाख ५० हजार र बिजय लघुबित्तबाट ३ लाख लिएकाेमा जति तिर्दा पनि कहिल्यै नघटेकाले आन्दाेलनमा उत्रन परेकाे बताईन् । हुसना खातुन गाेरखा हस्पिटल चाेक नजिक व्यापार गर्दै आएकाे र अहिले सम्म तिरेकाे तर कुनै बेला बेलामा तिर्न नसक्दा दुर्व्यवहार गरि पैसा तिर्न नसके छाेरी बुहारी पठाउन समेत भन्ने गरेकाे गुनासाे पाेखिन् । धेरै आन्दाेलनकारीहरुलाई लघुबित्तका कर्माचारीहरुले ऋण त मरेपछि मात्र मिनाह गर्छु भन्दै अमानबिय व्यवहार गर्ने गरेकाे अधिकांसले गुनासाे गरेका हुन् । कसैकाे ढाेका लगाइ दिने गरेकाे र घरमा राखेकाे फ्रिज लान्छु भन्दै धम्कि दिने गरेकाे सघर्ष समितिका अध्यक्ष शुशिला गुरुङले बताइन् ।

सघर्ष सिमतिले सरकार संग नब सामन्ति रुपमा स्थापित लघुबित्त संस्थाहरु खारेज गर, सामुहिक ऋण मिनाह गर , आम गरिब किसानलाई निशुल्क लगानी गर र समाजबादी अर्थतन्त्रकाे बिकास गर भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ध्यानआकर्षण गराएका छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link