Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

प्रचण्डको उच्च प्रशंशा गर्दै गगन थापाले भने : यो गठबन्धनमा माओवादीले धेरै पाएको होइन नि !

loading views..

काठमाण्डु। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रशंसा गरेका छन् । उनले प्रधानमन्त्री मात्रै बन्ने लोभ र लालसा भएको भए प्रचण्डलाई एमालेसँगैको गठबन्धनमा अवसर रहेको बताउँदै प्रशंसा गरेका हुन् ।

‘प्रधानमन्त्री मात्रै हुने लालसा भएको भए एमालेसँगको गठबन्धन छोड्नै पर्ने थिएन,’ महामन्त्री थापाले आफ्नो चुनाव क्षेत्रमा भएको कार्यक्रममा भने, ‘यो गठबन्धनमा आउँदा माओवादीले धेरै कुरा पाएको होइन नि ।’

एमालेसँग गठबन्धन हुँदा उपराष्ट्रपति माओवादीले पाउने थियो । आठ दलीय गठबन्धनमा जसपालाई उपराष्ट्रपति पद दिन प्रचण्ड तयार भए ।

संसद विघटनको बचाउमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलेपछि गठबन्धन जोगाउने जग तयार भएको थापाको भनाइ थियो ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्