गोरखा। नेकपा (माओवादी केन्द्र) बारपाक सुलिकोट गाउँपालिकाले जनता संग जाेडिने याेजना ल्याएकाे छ ।गाउँपालिकाकाे सम्पन्न बैठकले पार्टी केन्द्रको सर्कुलर बमोजिम दुई महिने ‘जनतासँग पार्टी अभियान—२०७९’ शुरुवात गरेको माओवादी केन्द्र गाँउपालिका समितिका अध्यक्ष नर बहादुर गुरुङले जानकारी दिए ।
‘एकतावद्ध होऔं, जनतासँग पार्टी अभियानमा जुटौं’ भन्ने नारासहित फागुन मसान्तसम्ममा वडा पार्टी बैठक बस्ने माओबादी केन्द्रकाे विभिन्न जनबर्गिय संगठनकाे भेला र बैठक गर्ने, शहीद तथा बेपत्ता परिवार, जनयुद्धका घाइते, अपाङ्ग योद्धाहरु, जनयुद्धको क्रममा हिरासत/जेल बसेका, बिस्थापित भएका योद्धाहरुको अवस्था पहिचान गरी, भेटघाट गर्ने कार्यक्रमहरु रहेको उनले बताए ।
यस्तै समस्याको पहिचान गरि समाधानको योजना बनाउने र पार्टीलाई सच्चा देशभक्त क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणको लागि क्रियाशिल हुने लगायत संगठन पुनर्ताजकीरणका साथै जनताका वास्तविक समस्याहरु बुझ्ने र हल गर्नका लागि पहल गरिने बताए । गाउँपालिका कार्यक्षेत्र रहेका प्रदेश, जिल्ला, गाउँपालिका कमिटि सदस्यहरुको जिम्मेवारी समेत ठोस गरेको अध्यक्ष गुरुङकाे भनाई छ ।
अध्यक्ष गुरुङले यो अभियानले जनताको जनजिविकाको पक्षमा खरो ढंगले उत्रेर, समृद्धि हाशिल गर्न र समुन्नत समाजवाद उन्मुख गणतन्त्र नेपालको जगलाई बलियो बनाउन कोसेढुङ्गा साबित हुने आशा र बिश्बास ब्यक्त गरे । माओवादी केन्द्र गाँउपालिका समितिका अध्यक्ष गुरुङको अध्यक्षतामा भएको बैठकमा गाँउपालिका अध्यक्ष बिष्णु प्रसाद भट्ट, उपाध्यक्ष सनमाया गुरुङ,पार्टीका विभिन्न तहका पधाधिकारीलगायत स्थानीयको बाक्लाे उपस्थित रहेको थियो ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.