Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

डीडीसीले दूधको मूल्य लिटरमा ११ रुपैयाँ बढायो, अब आधा लिटरको प्याकेटको मूल्य ४८.५० रुपैयाँ

loading views..
Nepal Telcome
काठमाण्डु। दुग्ध विकास संस्थानले दूधको उपभोक्ता मूल्य लिटरमा ११ रुपैयाँ बढाएको छ। यो विहीबारदेखि कार्यान्वयनमा आउनेछ।अब उपभोक्ताले डीडीसीको दूध खरिद गर्दा प्रति लिटर ९७ रुपैयाँमा तिर्नुपर्छ। यसअघि डीडीसीको दूधको मूल्य ८६ रुपैयाँ थियो। एक प्याकेट आधा लिटर डीडीसीको दूधको मूल्य ४८.५० रुपैयाँ पुगेको छ।
डीडीसीले निजी डेरी भन्दा लिटरमा तीन रुपैयाँ कम मूल्य बढाएको छ। निजीले लिटरमा १४ रुपैयाँ बढाएर सय रुपैयाँ पुर्‍याएका थिए।कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्वीकृत गरेपछि मूल्य बढाएको संस्थानका महाप्रबन्धक सन्जिव झाले बताए। गत साता सरकारले तोकेको दूधको किसान मूल्य प्रति लिटर ६५ रुपैयाँ पुर्‍याएको थियो।
tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link