Skip to content
Pokharapress Logo
३१ श्रावण २०८२, शनिबार

प्रहरी आइजिपीमा वसन्तबहादुर कुँवरलाई नियुक्त

पोखरा। सरकारले बरियताक्रम अनुशार नै प्रहरी आइजिपीमा वसन्तबहादुर कुँवरलाई नियुक्त गरेको छ नबनियुक्त प्रहरी महानिरिक्षक कुँवरले प्रहरीको आन्तरिक शुद्धिकरण आफ्नो प्राथमिकता हुने बताएका छन् ।
विगतदेखि संगठनले लिएका प्राथमिकतालाई नै आफूले निरन्तरता दिने बताउँदै उनले भने, ‘त्यसबाहेक संगठनभित्र आन्तरिक शुद्धिकरण गर्नु मेरो मुख्य प्राथमिकता हुनेछ ।’
कुँवरले प्रहरीको मनोबल र छवि बढाउँदै सरकारको सुशासन र समृद्धिको यात्रामा सहयोगीको भूमिका खेल्ने बताए । उनले भने, ‘प्रहरीको आचरण र व्यवहारमा पनि शुद्धिकरण गरेर संगठनको छवि उचाल्ने काम मेरो कार्यकालमा हुनेछ ।’

arrow प्रतिक्रिया दिनुहोस्