पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दै छन् । सत्ता गठबन्धनमा सहभागी नौ दलबाट मन्त्रिपरिषदलाई विस्तार गर्ने भएका हुन् ।
नयाँ मन्त्रीहरूका लागि शपथको तयारी भएको छ । जसमा कांग्रेस ८, माओवादीलाई प्रधानमन्त्रीसहित ६, नेकपा एस २, जसपालाई २, जनमतलाई १, लोसपा १, उन्मुक्ति १, आम जनता पार्टी १ र नेसपालाई १ मन्त्रालय दिइएको छ ।
आज कांग्रेसबाट आज ४ र जसपाबाट १ जनामात्रै मन्त्री हुँदै छन् ।कांग्रेस पार्टीभित्र विवाद भएपछि पाँच मन्त्रालयमा मन्त्री चयन हुन नसकेको हो ।