Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)को बडिगार्ड एके ४७ सहित पक्राउ

loading views..

पोखरा। गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)को सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज स्थित एक होटेलमा हतियार प्रदर्शन गरेको आरोपमा गणेश बहादुर बोगटीलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जाल (टिकटक)मा बोगटीले ‘पोइन्ट टुटु’ हतियार बोकेर हिँडेको भिडियो पोस्ट गरेका थिए । बोगटी नेपालगन्जकै स्थानीय हुन् । नेकपा एमालेको युवा सङ्गठन राष्ट्रिय युवा सङ्घको महाधिवेशनमा भाग लिन गएका चक्रे मिलनसँग बन्दुक बोकेर हिँडेको भिडियो बोगटीले पोस्ट गरेका थिए । सो दृश्य नेपालगन्जको एक होटेलको हो ।

प्रारम्भिक अनुसन्धानबाट सो हतियारको लाइसेन्स भएको थाहा भएको छ । लाइसेन्स भए पनि प्रदर्शन गर्न नपाइने हुनाले सरकारी वकिल कार्यालयसँग राय लिएर मुद्दा अघि बढाइने एसपी राठौरले जानकारी दिए । नेपालगन्जमा युवा सङ्घको महाधिवेशन जारी छ । बोगटी बाँकेको चिसापानीबाट पक्राउ परेका हुन् ।

 

loading views..

arrow प्रतिक्रिया दिनुहोस्