Skip to content
Pokharapress Logo
३१ श्रावण २०८२, शनिबार

नयाँ बर्ष सँगै प्रधानमन्त्रीको भारत भ्रमण तयारी

आइतबार दिल्लीबाट फर्केका राजदूत श्रीवास्तवले भोलिपल्टै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग सुटुक्क भेटवार्ता गरेका छन् । त्यसपछि उनी प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारीका लागि अन्य गृहकार्यमा जुटेका छन् ।

उनले बुधबार मात्रै पनि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशसँग प्रधानमन्त्रीको भारत भ्रमणकै तयारीका विषयमा केन्द्रीत रहेर छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्ड उत्तरी छिमेकी मुलुक चीनमा आयोजित ‘बोआओ फोरम फर एसिया’ मा निम्तो आउँदा समेत सहभागी नभई पहिलो औपचारिक भ्रमण भारतबाटै गर्ने गरी बसेका थिए ।

प्रचण्डलाई चीनको हुनान प्रान्तमा चैत १४ देखि १७ सम्म सम्पन्न भएको कार्यक्रमका लागि चिनियाँ राजदूत छन सोङले फागुन १० मै भेटेर निम्तो दिएका थिए । तर उनी दक्षिणी मुलुक भारतमै जानका लागि बोआओ फोरममा सहभागी नभई बसेका थिए । प्रधानमन्त्रीले गत पुस १० मा प्रधानमन्त्री नियुक्त भएलगत्तै पुस १२ मा भारतीय सञ्चारमाध्यमलाई अन्तवार्ता दिँदैं आफनो पहिलो भ्रमण भारतबाटै हुने बताएका थिए ।

प्रचण्डले प्रधानमन्त्रीका रुपमा अलिक छिट्टै नै भारत भ्रमणमा जाने तयारी गरेका थिए । तर भारतीय पक्षबाट औपचारिक निम्तो आईनसकेको र देशभित्र उनले सय दिको वीचमा दोहो¥याएर सदनमा विश्वासको मत लिनु पर्ने अवस्था सिर्जना भएपछि उनको भारत भ्रमण प्रभावित बनिरहेको थियो ।

भरतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डलाई औपचारिक भ्रमणका बारेमा निम्तो दिए÷नदिएको बारेमा पनि दुई थरी मत सार्वजनिक हुँदैं आएको थियो । निम्तो दिएको भए उनको अहिले भारत भ्रमण भईरहेको हुने थियो । अर्थात अप्रिल १३ देखि १५ सम्म प्रधानमन्त्रीको भारत भ्रमण हुने बताइएको थियो । तर उनको भ्रमणको टुग्गो लागेन ।

त्यहीबीचमा भारतका लागि नेपालका राजदूत शंकर शर्मा प्रधानमन्त्रीको भारत भ्रमणका विषयवस्तुबारे प्रधानमन्त्री र परराष्ट्र सचिव भरतराज पौड्यालसँग विस्तृत छलफल गरेर चैत पहिलो साता नयाँदिल्ली फर्केपछि र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव पनि दिल्ली पुगेर फर्केपछि भने प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको भित्री तयारी तीव्र गतिमा अगाडी बढेको देखिएको छ ।

बालुवाटार स्रोतले पनि त्यसलाई पुष्टि गरेको छ । तर अझै मितिका विषयमा टुग्गे लागिसकेको छैन । नेपालको उपचुनावपछि अर्थात बैशाख १० पछि प्रचण्डको भारत भ्रमण गराउने या भारतको बैशाख २७ मा हुन लागेको कर्नाटक राज्यको विधानसभाको चुनावपछि भ्रमण गराउने भन्नेमा टुग्गो लागेको छैन ।

कर्नाटक राज्यको विद्यानसभा चुनावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीलाई जितका लागि चुनौति थपिएको छ । त्यहाँ भाजपाकै कतिपय नेताहरु चुनावमा बागी उठ्ने तयारी गरेपछि प्रधानमन्त्री मोदी त्यसको ब्यवस्थापन र अन्य चुनावी कार्यक्रममा ब्यस्त रहने सक्ने सम्भावना पनि देखिएकोले त्यसपछि गर्ने या बैशाख १० लगत्तै गर्ने भन्नेमा दुई देशका बीचमा भित्री छलफल चलेको स्रोतको भनाई छ ।

प्रधानमन्त्री प्रचण्ड भने बैशाख १० पछि नै भारत भ्रमण जाने हतारोमा देखिएका छन् ।

‘नेपालको उपचुनाव लगत्तै या भारतको कर्नाटक राज्यको विद्यानसभाको चुनाव लगत्तै कुन मितिमा गर्ने भन्ने आन्तरिक छलफल भित्री रुपमा भइरहेको छ,’ स्रोतले भन्यो,–‘तर बैशाख महिनामै प्रचण्डको भारत भ्रमण गराउने गरी तयारी, भ्रमणका क्रममा हुने छलफलका एजेण्डा लगायतका विषयमा भित्री तयारी तीव्र भएको छ ।’

प्रचण्डको आसन्न भारत भ्रमण, नेपाल९भारत ऐतिहासिक सम्बन्ध, निरन्तरको सहकार्य, लुम्बिनी अन्तराष्ट्रिय विमानस्थलको हवाई रुट र सीमा सुरक्षा लगायतका विषयमा केन्द्रीत रहेर छलफल गर्ने गरी एजेण्डाको भित्री तयारी भईरहेको छ । मेरोन्यूजबाट

arrow प्रतिक्रिया दिनुहोस्