गोरखा। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गोरखाको चुम उपत्यकाले सिंगो देश र दुनियाँलाई शान्ति तथा अहिंसाको सन्देश दिएको बताएका छन् । उत्तरी गोरखाको चुमनुव्री गाँउपालिका –७, छेकम्पार स्थित राजेन गुम्बामा ‘अहिंसा अभियान, चुमबासीको पहिचान’ भन्ने नाराका साथ आजदेखि सुरु भएको ‘चुम शताब्दी श्याग्या महोत्सब २०८०’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले चुम उपत्यकालाई एकसय बर्षसम्म अहिंसा क्षेत्रको रुपमा स्थापित गरेर राख्नु आफैमा एउटा ऐतिहासिक कार्य भएको बताए ।‘यो क्षेत्र आफैमा एउटा ऐतिहासिक क्षेत्र छ, चुम उपत्यकालाई अहिसां क्षेत्रमा रुपमा स्थापित गरेको सय बर्ष पुरा हुनु पनि आफैमा एउटा ठूलो इतिहास गौरव हो, प्रधानमन्त्री दाहालले भने ‘तपाईहरुले यो महोत्सव मार्फत सिंगै देशलाई र दुनियाँलाई पनि शान्ति र अहिसांको सन्देष दिनुभएको छ ।’ उनले चुम उपत्यकाको प्राकृतिक सौन्र्दयताले पर्यटन क्षेत्र मार्फत आर्थिक र सामाजिक बिकासको प्रसस्त सम्भावना रहेको समेत बताए ।प्रधानमन्त्री दाहालले चुमनुव्री लगायतका देशका बिकट क्षेत्रहरुको आर्थिक, सामाजिक, सांस्कृतिक तथा समग्र क्षेत्रको बिकासका लागि सरकार प्रतिबद्ध रहेको समेत बताए । ‘बिकट क्षेत्रमा रहेका जनताले अझ धेरै दुःखकष्टको सामना गरिरहनु परेको छ, प्रधानमन्त्री दाहालले भने ‘सरकार तपाईहरुको साथमा छ, तत्काल सम्भव भएजति बिकास निर्माण र अर्थिक क्रियाकलाप बढाउन पनि सरकार प्रतिबद्ध छ ।’ उनले देशमा संघियता स्थापना भएपनि बिकट क्षेत्रका जनताको आवाज सिधै सिंहदरबारसम्म पुग्नसक्ने अबस्था सिर्जना भएको बताए ।
‘तपाईको क्षेत्रको गाउँपालिकाका अध्यक्ष सिंहदरबारमा पुगेर पटक–पटक म संग यहाँको बिकास निर्माणको बारेमा मलाई झकझक्याई रहनु भएको छ, प्रधानमन्त्री दाहालले भने , ‘त्यो आवाज तपाईहरु सवै जनताको आवाज हो भन्ने मैले बुझेको छु, यहाँको दिगो पर्यटन पूर्वाधारका बिकास लागि नीतिगत व्यवस्था गर्न सरकारको तर्फबाट प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।’
उहाँले चुमनुव्री गाउँपालिका वडा नम्बर १ सामागाउँ स्थित रुइला नाका र वडा नम्बर ७ छेकम्पार स्थित तिब्बतसंग सिमाना जोडिएको रुइला नाका खुलाउन आबश्यक पहल गर्ने समेत प्रतिबद्धता व्यक्त गरे । ‘रुइला नाका खुलाउने बिषयमा धैरै पहिलेदेखि नै कुरा भइरहेको छ, प्रधानमन्त्री दाहालले भने, ‘त्यसका लागि आबश्यक प्रक्रिया अगाडी बढाउने बिश्वास दिलाउन चाहान्छु ।’
सोही अबसरमा प्रधानमन्त्री दाहाललाई चुमनुव्रीबासीले चुमनुव्री गाउँपालिकाका बिभिन्न क्षेत्रलाई हवाई निषेधित क्षेत्र तोकेको भन्दै यसले गर्भवती तथा सुत्केरी महिलाहरु, बिरामी र प्राकृतिक बिपत्तीमा परेका मानिसहरुको उद्धारमा कठिनाई भएकाले निषेधित क्षेत्र खुलाउन माग गरेका छन् । त्यस्तै सिर्दिबास– कम्पुल–लोक्पा–चुम्चेत–छेकम्पार मोटरबाटो निर्माणको योजना अघि बढाउन पनि प्रधानमन्त्री दाहालसंग स्थानीयबासीहरुले माग गरेका थिए ।
प्रधानमन्त्री दाहालले राष्ट्रिय योजना आयोगसंग छलफल गरेर आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा उक्त मोटरवाटो निर्माणको योजना अघि बढाउने र हवाई उडान निषेधित क्षेत्रको सन्र्दभमा आबश्यक अध्ययन गरेर जनताका समस्याको उचित सम्बोधन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।