गोरखा। गण्डकी प्रदेशकी बिना बिभागीय मन्त्री सुशिला सिखडाले गाेरखामा अहिले जस्ताे अबसर कहिल्यै नभएकाे बताएकी छिन् । गोरखालाई बिकास र समृद्धिका लागि प्रधानमन्त्री देखि विभिन्न मन्त्री पाउनु ठुलाे अबसर रहेको बताएकी हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) भीमसेन थापा गाउँपालिकाद्वारा मंगलबार लामाचौरमा आयोजित पार्टीको पूर्ण बैठकलाई सम्बोधन गर्नुहुदै मन्त्री सिखडाले बिकास र समृद्धि जनताले चाहे जस्तो एकै चोटि अहिले सम्भव नभएपनि अबको पाँच बर्षमा केही न केही बिकास र समृद्धिको ढोका खुल्ने बिश्बास ब्यक्त गरिन् ।
`गोरखालाई बिकास र समृद्धिको दुबै अबसर छ, मन्त्री सिखडाले भनिन्,`सहि अनुसार योजना बनाए काम गर्न सके पाँच बर्षमा नयाँ परिवर्तन निश्चित छ, उनले थपिन् ।` यो सगै अब हामीले बिकास र समृद्धिका क्षेत्रमा भइ रहेका बेथितिलाई अन्त्य गर्नु हार्मो लागि चुनौती पनि छ ।´ उनले बिकास निर्माण क्षेत्रमा भइरहेका भ्रष्टाचार बेथिति र ढिला सुस्तीको अन्त्य गर्नै पर्नेमा जोड दिईन् ।
अहिलेको उपलब्धिलाई सिध्याउन एउटा गिरोह ससद र सडकमा लागि परेको भन्दै माओवादीको बलिदानले प्राप्त अधिकारको आ-आफ्नो ठाउँबाट रक्षा गर्नुपर्ने बेला आएको छ उनले भनिन् ।
`ससदमा एउटा गिरोह गणतन्त्र, संघीयता धर्म निर्पेक्षता लगायतका बिरुद्धमा लागि रहेछ्न, मन्त्री सिखडाले भनिन्। `पछिल्लो ससदमा भएको गतिविधि हेर्दा माओवादी र माओवादी अध्यक्ष प्रचण्डमाथी निरन्तर हमला भइरहेको छ ।उनले समाजमा रोजगारीको अबसर सिर्जना गर्न र आर्थिक आयआर्जन वृद्धिका लागि एक ब्यक्ती एक सिपको बिकास गर्दै लैजानुपर्नेमा जोड दिईन् । मन्त्री सिखडाले संघीयता माओवादीले जन्माएकाले माओवादीले हुर्काउनु पर्ने बताईन् ।
भिमसेन गाउँपालिकाका अध्यक्ष सुजन पाण्डेकाे अध्यक्षतमा भएकाे बैठकमा नेकपा माओवादीका केन्द्रिय सदस्य तथा भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जरा, पार्टी गण्डकी प्रदेश समितिका सदस्य मालाती भट्ट, पार्टीको भीमसेन थापा सम्पर्क समन्वय समितिका सचिव प्रेम बराम, गाउँपार्टी समितिका उपाध्यक्ष नारायण श्रेष्ठ, सागर श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।