Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

राष्ट्रिय गाैरवका आयोजना समयमै सम्पन्न हुनुपर्ने सांसद माझीको धारणा

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाण्डु। प्रतिनिधिसभा सदस्य तथा संसदकाे पुर्वाधार विकास समितिकी सदस्य उर्मिला माझीले राष्ट्रिय गाैरवका आयाेजनाहरूकाे निर्माण समयमै सम्पन्न हुनुपर्नेमा जाेड दिएकी छिन् ।
आजबाट शुरू भएको पुर्वाधार विकास समितिकाे बैठकमा आफ्नो धारणा राख्दै माओवादी केन्द्रकी सांसद माझीले विकास निर्माणकाे गति सुस्त भएकोले जनतामा सकारात्मक सन्देश नगएको भन्दै सम्वा्धित सराेकारवालाहरूकाे ध्यानाकर्षण गराएकी छिन् ।
बैठकमा उनले विकासकाे मुख्य बाधक नीतिगत र संस्थागत भ्रष्टाचार भएको बताउँदै विकासको लागि भ्रष्टाचारमाथि शून्य सहनशीलता अनिवार्य भएको बताइन् ।
जेष्ठ सदस्यले बैठककाे अध्यक्षता गर्ने निर्णयअनुसार समितिकाे बैठककाे अध्यक्षता नागरिक उन्मुक्ति पार्टीका सांसद लालबीर चाैधरीले गरेका थिए ।
बैठकमा सत्तारूढ दल कांग्रेस, माओवादी सहित प्रतिपक्षि दल नेकपा एमाले, राप्रपा, रास्वपालगायतका दलका सांसदहरू सहभागी रहेका थिए ।
पहिलो बैठकले समितिकाे कार्यविधि तय गर्ने, उपसमितिहरू गठन गर्ने एजेन्डासहित आगामी बैठक गर्ने निर्णय गरेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link