Skip to content
Pokharapress Logo
२१ मंसिर २०८२, आईतवार

प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जाने

loading views..

काठमाण्डु। बैशाख पहिलो साता नै गर्ने भनिएको प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी अहिले भने अन्तिम चरणमा पुगेको  छ ।  भ्रमणलाई फलदायी बनाउने गरी भारतसमक्ष उठाइने कार्यसूचीका विषयमा पनि सबै मन्त्रालयका पदाधिकारीसँगको छलफल  सकिएको छ। संभवत भोलि सम्ममा नेपाल र भारत दुवै देशका परारष्ट्र मान्त्रालय मार्फत भ्रमणको तालिका सार्वजनिक हुने प्राय: निश्चित छ ।  जेठ १७ गते प्रधानमन्त्री भारत भ्रमणमा जाने गरी परारष्ट्र मन्त्रालयले तयारी तिब्र गरेको छ।   प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि हुने लागेको यो पहिलो विदेश भ्रमण हो । आफ्नो पहिलो विदेश भ्रमण भारतबाट गर्ने बताउँदै आएका छन्। भ्रमणका लागि नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको सक्रियता ह्वात्यै बढेको छ। भारतका लागि नेपालका राजदूत डा. शङ्कर शर्माले बिहीबार भारतका विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशङ्करसँग भेटवार्ता गर्नुभएको छ ।  दुई देशबिचको एजेन्डालाई अन्तिम रूप दिने कार्य, भ्रमण टोलीमा सहभागी हुनेको नामावली तय गर्ने कार्यमा अन्तिम छलफल चलिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका सम्वन्धमा प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलका शीर्ष नेता र पुर्व परराष्ट्रमन्त्री एव विज्ञहरुसँग छलफल गर्दै हुनुहुन्छ

loading views..

arrow प्रतिक्रिया दिनुहोस्