पोखरा। नेपालमा तीन वटा वर्गहरु दलाल पुँजीपति वर्ग,नोकरशाही पुँजीपति वर्ग र सामन्त वर्ग मिलेर `एक खालको प्रतिक्रियावादी सत्ता´ निर्माण भएको छ।सन् १९११ देखि सन् १९४९ सम्म चीनमा पनि यस्तै सत्ता थियो।अध्यक्ष माओको सबैभन्दा ठुलो योगदान नै के हो भने `यस्ता तीन वटा वर्गहरु दलाल पुँजीपति वर्ग,नोकरशाही पुँजीपति वर्ग र सामन्त वर्ग´ मिलेर बनेको सत्तालाई पल्टाउन सक्ने `राजनीतिक कार्यदिशा´ को आविष्कार गर्नु।अध्यक्ष माओ ले सन् १९११ पछि नै चीनमा `पुँजीवादी क्रान्ति´ भइसक्यो भनेर भन्नेहरुलाई
`दीर्घकालीन जनयुद्ध´ को २८ वर्षे लामो `वर्ग संघर्ष´को बाटो हिँडाएर `अर्को पुँजीवादी´ क्रान्ति गर्नु भयो।अध्यक्ष माओ ले चीनमा गर्नु भएको उक्त क्रान्तिलाई `नयाँ जनवादी क्रान्ति´ भनिन्छ। उक्त `नयाँ जनवादी क्रान्ति´ले `तीन वटा वर्गहरु दलाल पुँजीपति वर्ग,नोकरशाही पुँजीपति वर्ग र सामन्त वर्ग´ मिलेर बनेको सत्ता लाई पल्टाइदियो।चीनमा `नयाँ जनवादी क्रान्ति ´ सम्पन्न भएको ७४ वर्ष पुरा भइसकेको छ।हाल चिनमा उनीहरुका `प्यारामाउण्ट´ नेता सि जिङपिङ´ सत्ताको केन्द्रमा छन्।सि जिङपिङले `नयाँ युगका लागि चिनियाँ विशेषता सहितको समाजवाद स्थापना गर्नको लागि सि बिचार´ लागु गर्ने निर्णय चिनको संबिधानमा लेखाएका छन्।`नयाँ जनवादी क्रान्ति´ भएको ७४ वर्षपछि मात्र आज आएर चीनले `समाजवादी क्रान्ति´ को खाका कोर्दै छ। चिनियाँहरुबाट पनि क्रान्तिका चरण बारे हामीले केहि सिक्न सक्छौं। `तीन वटा वर्गहरु दलाल पुँजीपति वर्ग,नोकरशाही पुँजीपति वर्ग र सामन्त वर्ग´को सत्ता र समाजवादी सत्ताको बिचमा अर्को लामो संक्रमणकालीन सत्ता(नयाँ जनवादी सत्ता)को अभ्यास गर्नु पर्छ भन्ने अध्यक्ष माओको सबैभन्दा ठुलो खोज हो।माओवाद मान्छौं भन्ने तर अध्यक्ष माओको खोज नस्विकार्ने तत्वहरुलाई के भन्ने ? समाज बिकाशको `ऐतिहासिक द्वन्द्वात्मक भौतिक´ को नियम बिपरित एकै चोटि `समाजवादी क्रान्ति´ को कुरा गर्नु हाम्रो `क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल´का आदरणीय अध्यक्ष किरणको भनाइमा `वाम अवसरवाद´ हो।नेपाली कम्युनिष्ट आन्दोलनका विभिन्न धाराहरु जस्तै प्रचण्ड समुह,बिप्लव समुह,आहुती समुह आदिको राजनीतिक दस्तावेजबाट `तीन वटा वर्गहरु:- दलाल पुँजीपति वर्ग,नोकरशाही पुँजीपति वर्ग र सामन्त वर्ग´ बाट बनेको सत्ता र `समाजवादी´ क्रान्ति को बिचमा `संक्रमणकालीन सत्ता´ अर्थात `नयाँ जनवादी व्यवस्था´ सत्ता कता हराएको छ कता ? कहिँ भेट्याउन सकिंदैन।यसरी क्रान्तिको एउटा `सिङ्गो चरण´ गायब पार्नु `अवसरवाद´ हो। यसो गर्नु अवसरवाद मात्रै नभएर `ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद´को खिलाफमा उत्रनु समेत हो। मैले माथि पनि उल्लेख गरेको छु `नयाँ जनवादी क्रान्ति´ राज्य सत्ताकोविविध चरण मध्य `एक संक्रमणकालीन चरण´ हो यसमा नेतृत्व कम्युनिष्ट पार्टीको भएपनि अधिनायकत्व भने `जनवादी´ हुन्छ अर्थात राज्य सत्ताको मालीक को रूपमा किसान/मजदुर देखि बिचका सबै वर्ग सहित राष्ट्रिय पुँजीपति सम्मको सहभागीता हुन्छ।तर `तीन वटा वर्गहरु दलाल पुँजीपति वर्ग,नोकरशाही पुँजीपति वर्ग र सामन्त वर्ग´ मिलेर बनेको राज्यसत्तामा `किसान/मजदुर देखि बिचका सबै वर्ग सहित राष्ट्रिय पुँजीपति´ सम्म उत्पीडिनमा हुन्छन्।त्यसकारण देशमा भौतिक बिकाश जुनसुकै चरणको भएपनि सामाजिक क्रान्तिको चरण ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको नियम संगत भएन भने जनता अधिकार सम्पन्न अर्थात सार्बभौमसत्ता सम्पन्न हुन सक्दैनन्।`नयाँ जनवादी क्रान्ति´ को चरण छोडेर हामीलाई `ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद´ बिरोधि बन्नु छैन।छलफलमा प्रचण्ड,बिप्लव,बाबुराम र आहुती सँग हाम्रो र्याङ्को ठ्याङ्ग नमिलेको यहीँ नेर हो।
