Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

एजेण्डा भन्दा बाहिर गएर छलफल गर्न खाेज्दा बैठक स्थागित भयाे : गाेरखा नगरपालिका

loading views..
Nepal Telcome

गाेरखा। नगरकार्यापालिकामा आठ वटा एजेण्डा भन्दा बाहिर गएर छलफल गर्न खाेज्दा बैठक स्थागित गरिएकाे गाेरखा नगरपालिकाले जनाएकाे छ ।

१२ओै नगर सभाकाे लागि कार्यापालिकाकाे बैठक बस्न लाग्दा केही कार्यापालिका सदस्यहरुले चन्द्र बहादुर खड्काकाे राजिनाम के भयाे भन्दै प्रमुख प्रशासकिय अधिकृत संग बैठक अघि नबढाउन माग राखेका थिए भने केही कार्यापालिका सदस्यले स्वकिय सचिबकाे बारेमा जिज्ञासा राखेका थिए ।

वडा न ११ का वडा अध्यक्ष राम बहादुर खड्काले शिक्षा शाखा प्रमुख चन्द्र बहादुर खड्काले कार्यालय सहयाेगीकाे तलब बढाउने अधिकार कहाँ बाट पाउनु भयाे भन्दै त्यसकाे छिनाफाने नभई बैठकअघि नबढाउन आग्रह गरेका थिए ।

गाेरखा नगरपालिकाका मेयर कृष्ण रानाले सबै कार्यापालिका सदस्यहरुलाई एजेण्डा भन्दा बाहिर गएर कुनै छलफल नहुने भएकाले एजेण्डामा रहेर छलफल गर्न पटक पटक अनुराेध गर्नु भएकाे प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पुनले जानकारी दिए ।

साना मसिना कुराहरुमा अल्झिएर बैठक स्थागित गर्न खाेज्नु ठिक नभएकाे मेयर रानाकाे भनाई छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link