Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

एमालेसँग एकताको लागि माओबादीलाई चिनियाँहरुको अप्रत्यक्ष दबाब!

loading views..
Nepal Telcome

पोखरा। नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले चीनले नेपालको शान्ति प्रक्रियामा विशेष चासो देखाएको बताएका छन् ।शुक्रबार चीनबाट फर्किएपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालको शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन चीनले जस्तोसुकै सहयोग पनि गर्ने प्रतिबद्धता जनाएको बताएका हुन् ।
‘खासगरी हामी शान्ति प्रक्रियामा आउपछि हाम्रो सम्बन्ध जीवन्त, सजीव र अलि बाक्लै भएको थियो । अहिले औपचारिक रुपमा पार्टीलाई निमन्त्रणा गरेर नै यो हाम्रो १९औं भ्रमण हो । नेपालको शान्ति प्रक्रियाको बारेमा उहाँहरुले हामीलाई चासो राख्नु भएको थियो । हामीले तपाईँहरुले सहयोग गर्नुपर्छ भन्दाखेरि शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनका लागि जस्तोसुकै सहयोग गर्न पनि तयार छौं भन्नुभएको छ,’– उनले भने ।‘एउटा कम्युनिष्ट पार्टीले अर्को छिमेकी कम्युनिष्ट पार्टीलाई वाम एकता होस् भन्ने सद्भाव त राख्ने नै भयो । तर, उहाँहरुले बार बार हामीलाई के भन्नुहुन्थ्यो भने, यो निर्णय गर्ने तपाईहरुले हो । एकता भए स्वभाविक रुपमा हामीलाई राम्रो लाग्छ भनेर उहाँहरुले भन्नु भएको छ,’– उपाध्यक्ष सापकोटाले भने ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link