Skip to content
Pokharapress Logo
८ कार्तिक २०८३, शनिबार

मुख्यमन्त्री पृथ्वीद्वारा पृथ्वी जयन्तीको शुभकामना

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पृथ्वीनायारण शाहले शुरु गरेको एकीकरण अभियानको जगमा स्वाधीन, सार्वभौम र आधुनिक राष्ट्रका नागरिकको रूपमा विश्वसामु परिचित हुन पाएको बताएका छन् ।  राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा आज प्रकाशित प्रेस विज्ञप्तिमार्पmत उनले नेपालको भौगोलिक एकीकण गरी भाषिक, जातीय, सांस्कृतिकलगायत अन्य विविधताका बीच एकताको आधार निर्माण भएको उल्लेख गरेका छन् ।  मुलुकमा एकताको आधारमा टेकेर जनआन्दोलन, जनक्रान्तिलगायत विभिन्न राजनीतिक सङ्घर्षमार्फत हामी अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थासम्म आइपुगेको बताउँदै उनले सामाजिक न्यायसहितको समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई साकार पार्ने दिशामा एकताबद्ध भई केन्द्रित हुन यस दिनले सबैलाई प्रेरणा प्रदान गर्ने विज्ञप्ति मार्फत व्यक्त गरेका छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link